पाँचथरमा उत्साहजनक मतदान


प्रकाशित मिति :2017-11-26 16:20:52

रुजु खतिवडा
पाँचथर । प्रदेश नम्बर १ को उच्च पहाडी जिल्ला पाँचथरमा उत्साहका साथ मतदाताले मतदान गरिरहेका छन् ।
प्रतिनिधि सभामा एक र प्रदेश सभामा २ सदस्य निर्वाचित हुने पाँचथरमा एक सय मतदान स्थल र एक सय ६५ मतदान केन्द्रहरु रहेका छन् ।

बिहान ७ बजेदेखि नै मतदाता उल्लासका साथ मतदान प्रक्रियामा सहभागी भएका छन् । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपुर्ण ढंगबाट मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए ।

जिल्लामा १ लाख २५ हजार २ सय १९ मतदाता रहेको छन् जसमा ६४ हजार ७ सय ९ महिला र ६० हजार ४ सय २९ पूरुषले आज मतदान गर्दै छन् ।

सुरक्षा व्यवस्था कडा पारिएकोले भयरहित वातावरणमा मतदाताले मतदान गरेको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मी हुमागाई खतिवडाले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: