दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा


प्रकाशित मिति :2017-11-26 16:41:45

नेपालगंज । जन्मदिन मनाउन हजारौं खर्चगर्ने परम्परालाई तोड्दै नेपालगंजकी पत्रकार करुणा शाहले आफ्नो जन्मदिन दृष्टिविहिन बालबालिकासंग मनाएकी छन् ।

्रप्राय व्यक्तिले आफ्नो जन्मदिन घरमै मनाउँछन् । जन्मदिनको अवसरमा खानपानमा बढी पैसा खर्च गर्छन् । तर करुणा भने आफ्नो प्रत्येक जन्मदिन फरक तरिकाले मनाउने गरेकी छन् ।

नेपालगंज निवासी पत्रकार शाहले आफ्नो जन्मदिनको अवसरमा शनिबार ४० जना दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरेकी छन् ।

बाँके नेत्रहीन संघ, नेपालगंजको भवनमा बस्दै आएका दृष्टिविहिन बालबालिकालाई उनले ५० हजार भन्दा बढी रकम बराबरको ट्राउजर र हुट हस्तान्तरण गरिन् ।

दृष्टिविहिन बालबालिकाहरुसंग जन्मदिन मनाउँन पाउँदा आफु खुसी भएको उनले बताईन् । पत्रकार शाहले गतवर्ष पनि नेपालगन्जस्थित निलसागर बृद्धाश्रममा बस्ने बृद्धबृद्धालाई सहयोग गरेकी थिईन् ।

संघका अध्यक्ष कन्हैयालाल रानाले जन्मदिनका अवसरमा दृष्टिविहिन बालबालिकाहरुलाई सहयोग गरेकोमा आभार व्यक्त गरे । शाह पत्रकार समाज नेपालको अध्यक्ष तथा सञ्चारिका समूहकी जिल्ला सदस्य हुन । शाह बागेश्वरी एफ.एम र स्थानीय बागेश्वरी टेभीमा कार्यरत छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: