-महिला खबर-
काठमाडौं । नेपालमा ६७ प्रतिशत महिलामाथि घरेलु हिंसा हुने गरेको पाइएको छ ।
ओरेक नेपालले देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरी निकालेको वर्ष पुस्तक ‘अन्वेषी’ मा २०१६ जुलाई देखि २०१७ जुनसम्ममा महिला माथि १ हजार १ सय ५० हिंसाका घटना भएको उल्लेख गरेको छ ।
पुस्तकमा अभिलेखीकरण गरिएका महिलामाथि भएका हिंसाका घटनाहरू मध्ये ६७ प्रतिशत (७ सय ६६)महिलाहरु माथि घरेलु हिंसा भएको बताएकोे छ ।
त्यसैगरी १७ प्रतिशत (१ सय ९५) महिलाहरू सामाजिक हिंसा, ६ प्रतिशत (६८)महिलाहरू बलात्कृत, १ प्रतिशत (१८) महिलामाथि बलात्कारको प्रयास, ४ प्रतिशत (४५)महिलामाथि यौनिक हिंसा भएको उल्लेख छ ।
त्यस्तै १ प्रतिशत (४)महिलाहरूको हत्या, १ प्रतिशत (८)महिलाको हत्याको प्रयास, १ प्रतिशत (२४)महिलाको बेचबिखन गरिएको र १ प्रतिशत महिला (७) महिलाको बेचविखनको प्रयास भएको पुस्तकमा उल्लेख छ । एक प्रतिशत महिलाहरुले हिंसामा परेकै कारण आत्महत्या गर्ने गरेको तथ्य पुस्तकमा उल्लेख छ ।
आफूमाथि हिसां भएकै कारण १ प्रतिशत (८ जना आत्महत्या र ७ जना बेपत्ता) गरेका छन् ।
ओरेकले सन् २००८ देखि नै देशभरबाट महिला माथि हुने हिंसाका घटनाहरुको अभिलेखिकरण गरि महिला हिंसा विरुद्धको वर्ष पुस्तक “अन्वेषी” महिला हिंसा विरुद्धको दिवस २५ नोभेम्बर को दिन हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।
Comment Here!