रामेछापमा ४९ प्रतिशत महिलाद्वारा मतदान


प्रकाशित मिति :2017-11-27 16:59:09

अप्रिल अधिकारी

रामेछाप । पहिलो चरणको अन्तर्गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदान प्रक्रियामा रामेछापबाट ४९ दशमलब २४ प्रतिशत महिला मतदाताको भोट खसेको छ ।

एक प्रतिनिधीसभा र दुइ प्रदेशसभा रहेको रामेछापमा कुल मतदाता १ लाख ५२ हजार रहेता पनि मतदानमा प्रक्रियामा भाग लिनेको संख्या भने उत्साहजनक देखिएन । कुल मतदाताको हिसाबले हेर्दा मतदानमा महिलाहरूको सहभागिता २८ दशमलब ९१ प्रतिशत रहेको छ ।

निर्वाचनमा जिल्लाका ४४ हजार १ सय १४ महिला मतदाताले मताधिकार प्रयोग गरेका छन् । ्मतदानमा पुरुषहरूको भने ५० दशमलब ७६ प्रतिशत रहेको छ । कुल मतदातालाई लिएर हेर्ने हो भने पुरुषको सहभागिता पनि कम रहेको छ । २९ दशमलब ७८ प्रतिशत पुरुष मतदाताले मतदान प्रक्रियामा भाग लिएको तथ्यांक मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाका कतिपय स्थानमा भने पुरुष मतदाता भन्दा महिला मतदाताको बढी उपस्थितिमा मतदान पनि भएका छन् ।

जिल्लाको मन्थली नगरपालिका ६ भलुवाजोरको कालिका माविको ख केन्द्रमा भने पुरुष भन्दा बढी महिला मतदाताले मतदान गरेको मतदान अधिकृत तथा सहयाक प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद शर्माले जानकारी दिए ।

सो मतदान केन्द्रमा महिला २ सय ७ र पुरुष १ सय ८० गरी ३ सय ८७ जनाले मतदान गरेका थिए । ९० मतदान स्थलमा १९१ मतदान केन्द्र रहेको रामेछापको ३७ वटा मतदान स्थलबाट भने महिला मतादाताको बढी मत खसेको मुख्य निर्वाचान अधिकृतको कार्यलयको तथ्यांकले देखाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: