तथ्याङ्क भन्छः दोलखामा महिला हिंसा घट्दै


प्रकाशित मिति :2017-11-27 17:03:40

-सर्मिला बुढाथोकी-

दोलखा । जिल्लामा विगतको तुलनामा महिला हिंसाका घट्नामा कमि आएको भएपनि बाल विवाहको संख्या भने बढेको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ ।

विगतका वर्षहरूमा जिल्लामा बहु विवाह, जर्वजस्ति करणी, बोक्सीको आरोप, मानव बेचविखन जस्ता महिला हिंसाका घट्ना बढी हुने गरेकोमा आर्थिक बर्ष ०७४/०७५ को मंसिर ८ गतेसम्मको तथ्याङ्क हेर्दा उल्लेखित महिला हिंसाको घट्ना कम भएको जिल्ला प्रहरी कार्यालय दोलखाको प्रहरी निरीक्षक अनु लामाले बताइन् । तर बाल विवाह भने विगत बर्षको तुलनामा बढी देखिएको प्रहरी निरीक्षक लामाले बताइन् ।

दोलखा जिल्लामा आर्थिक बर्ष ०७१/०७२ मा जर्वजस्ति करणीको घट्ना ७ वटा, आर्थिक बर्ष ०७२/०७३ मा १४ वटा र आर्थिक बर्ष ०७३/०७४ मा १० वटा रहेको थियो भने आर्थिक बर्ष ०७४/०७५ को मंसिर ८ गतेसम्म ४ वटामात्र दर्ता भएका छन् । जसमा ३ वटा मुद्धा फस्र्यौट भै अभियुक्तले सजाय पाईसकेको र १ वटा मुद्धा भने फस्र्यौट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जर्वजस्ति करणी उद्योगको घट्ना ०७१/०७२ मा २ वटा, आर्थिक बर्ष ०७२/०७३ मा १ वटा र आर्थिक बर्ष ०७३/०७४ मा १ वटा रहेको थियो भने आर्थिक बर्ष ०७४/०७५ को मंसिर ८ गतेसम्म ४ वटा दर्ता भएका छन् । जसमा सबै मुद्धा फस्र्यौट भै अभियुक्तले सजाय पाईसकेको प्रहरीले जनाएको छ ।

त्यसैगरी आर्थिक बर्ष ०७१/०७२ मा बहुविवाहको घट्ना ७ वटा, आर्थिक बर्ष ०७२/०७३ मा ७ वटा र आर्थिक बर्ष ०७३/०७४ मा २ वटा रहेको थियो भने आर्थिक बर्ष ०७४/०७५ को मंसिर ८ गतेसम्म १ वटा दर्ता भएका छन् । त्यसैगरी आर्थिक बर्ष ०७१/०७२ मा बालविवाहको घट्ना सुन्य रहेको थियो भने आर्थिक बर्ष ०७२/०७३ मा १ वटा र आर्थिक बर्ष ०७३/०७४ मा १ वटा रहेको थियो । तर आर्थिक बर्ष ०७४/०७५ को मंसिर ८ गतेसम्म बाल विवाहको घट्ना ४ वटा दर्ता भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मानव बेचविखनका घट्ना आर्थिक बर्ष ०७२/०७३ मा १ वटा र आर्थिक बर्ष ०७३/०७४ मा १ वटा रहेकोमा आर्थिक बर्ष ०७४/०७५ को मंसिर ८ गतेसम्म मानव बेचविखनका घट्ना दर्ता नभएको प्रहरीले जनाएको छ । त्यसैगरी बोक्सीको आरोप सम्बन्धि घट्ना आर्थिक बर्ष ०७३/०७४ मा १ वटा दर्ता भएकोमा यो आर्थिक बर्षमा अहिलेसम्म त्यस्तो घट्ना नदेखिएको प्रहरीले जनाएको छ ।

दुई बर्ष अघि गठन भएको लैङ्गीक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति दोलखाले सञ्चालन गरेको बिभिन्न चेतना मूलक अभियानले घरेलु हिंसा, महिला हिंसा नियन्त्रण गर्न सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भएको छबताए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय दोलखाले घरेलु मदिरा पूर्णत बन्देज गरेकोले पनि महिला हिंसा नियन्त्रणमा टेवा पुगेको प्रहरी नायव उपरीक्षक कार्कीको भनाई छ । तर जिल्लामा बालविवाहको संख्या बढेकोले यसले महिला हिंसामा थप बल पुग्न सक्ने प्रहरी निरीक्षक अनु लामा बताउछिन् । बिभिन्न क्षेत्रमा सक्रिय अधिकारकर्मी, हरेक बर्ष सञ्चालन हुने महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान, सञ्चारिका समूह लगाएतले सञ्चालन गर्ने सञ्चार सचेतना कार्यक्रम आदिले महिला हिंसा तथा बालविवाह नियन्त्रणमा सहयोग पुगेको प्रहरी निरीक्षक लामाको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: