पैसाको लागि बिहे, मनोरञ्जनको लागि श्रीमती


प्रकाशित मिति :2017-11-27 17:10:02

केही गरीब भारतीय परिवारहरूले पैसाको प्रलोभनमा परी आफ्ना किशोरी छोरीहरू अरेबियन देशका बूढापाका मानिसहरूसँग बिहे गरिदिने गरेका छन् । तर धेरैजसो घटनामा ती मानिसहरूले नयाँ श्रीमतीहरूलाई भारतमै छाडेर आफ्नो देश फर्कने गरेका छन् ।

तीन वर्षमा दक्षिण भारतीय सहर हैदराबादका ४८ मुस्लिम बालिकाहरूले आफ्नो विवाह बूढापाका मान्छेसँग भएको कुरा प्रहरीलाई जानकारी दिए । एसियाका मध्यपूर्वीय देशका वृद्व र पाका पुरुषसँग पैसाको लागि उनीहरूको बिहे जबर्जस्ती भएको थियो । अधिकारकर्मीहरू भन्छन्, ‘धेरै यस्ता घटनाहरूको विवरण वाहिर आउँदैनन् ।’

यस्तै घटनाका एक पीडित महिलाको सत्य कथा तल प्रस्तुत गरिएको छ । उहाँको परिचय सुरक्षाको कारण खुलाइएको छैन ।

जब म तेह्र वर्षकी थिएँ मेरो बुबाले मलाई एउटा अपरिचित घरमा लिएर जानुभयो । त्यहाँ एउटा कोठामा तीन जना मानिसहरू कुरिरहेका थिए । तिनीहरूले मलाई एकोहोरो हेरिरहे । मेरो बुबाले भन्नुभयो, तिनीहरू मध्ये एक जनासँग त्यही साँझ मेरो बिहे हुने वाला छ । यो बिहे गराए बापत उहाँले ३ सय ८५ डलर पाउनुभएको थियो ।

मेरो अध्ययनलाई निरन्तरता दिन पाउँ भनेर रुँदै मैले अनुरोध गरें तर कसैले सुनेनन् । मेरी आमाले मलाई बेहुलीको कपडा लगाइदिइन् । अकस्मात मेरो बिहे भयो । जब हामीहरू एक्लै भयौं, मैले उसको अनुहार देखें । उ म भन्दा धेरै नै बढी उमेरको मान्छे थियो । मेरो श्रीमान् ५५ वर्षका थिए । त्यस रात उसले ममाथि जबरजस्ती ग¥यो । म चिच्याएँ ।

तीन हप्तासम्म उसले मलाई बलात्कार ग¥यो । उ मलाई उसका अरु श्रीमतीहरू र छोराछोरीहरूको हेरचाहका लागि जोर्डन लैजान चाहन्थ्यो । मैले जान मानिनँ । मेरो बुबाले पछि म उसँगै जानेछु भनेर उसलाई आश्वस्त गराउनुभयो । तर यो कहिल्यै पनि भएन । म अझै विवाहित हुँ । तर मलाई थाहा छैन मेरो श्रीमान् अहिले कहाँ छन् भनेर ।

बूढो मानिससँग बिहे गरेको भनेर मेरो समुदायमा खिल्ली उडाइयो । मैले मेरा बुबा र आमाबाट धोका भएको महसुस गरें । म रिसाएको थिएँ तर मैले अरुको सहयोग खोजें । अन्त्यमा मैले महसुस गरें यो घटनामा मेरो कुनै दोष थिएन ।

सानो छँदा मेरो सपना नर्स बन्ने थियो । तर मैले मेरो भविष्य चोरिएको जस्तो महसुस गरें । यस विषयमा मैले केही गर्ने निर्णय गरें । मैले शिक्षक बन्नका लागि तालिम लिन सुरु गरें ।

मेरो अविभावकले अहिले मसँग माफी मागी सकेका छन् । उहाँहरूले आफ्नो गल्ती मसँग स्वीकार गरिसक्नु भएको छ । उहाँहरू गरीब र अशिक्षित हुनुहुन्छ र धेरै कुरा उहाँहरूलाई थाहा छैन ।

अहिले मेरो पढाउने सपना पूरा भएको छ । म विद्यालय छाडेका र प्रौढ महिलालाई विद्यालयमा अंग्रेजी र उर्दु पढाउँछु । म अरु किशोरीहरूले मेरो जस्तो नियति भोग्न नपरोस् भनेर उनीहरूको भविष्य सुनिश्चित गराउनको लागि काम गरिरहेको छु । समुदायमा मेरो कामको विरोधपनि भइरहेको छ । तर मैले केही गलत गरिरहेकी छैन र मलाई आत्मनिर्भर हुन मन लाग्छ । म जागरुक छु ।
साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: