कालिकोटमा महिला मत बढी खस्यो


प्रकाशित मिति :2017-11-28 12:01:17

-महिला खबर-

कालिकोट । कालिकोटमा पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पुरुष मतदाताभन्दा बढी महिला मतदाताले मत खसालेका छन् । पुरुष मतदाताभन्दा झण्डै २ हजार बढी महिला मतदाताले मत खसालेका हुन् ।

जिल्लामा रहेका ६४ हजार ९ सय ६१ मतदाता मध्ये १९ हजार ४ सय ७ महिला मतदाताले निर्वाचनमा मतदान गरेका छन् भने १७ हजार ७ सय ६ पुरुष मतदाताले निर्वाचनमा मतदान गरेको मुख्य निर्वाचनको अधिकृतको कार्यालय कालिकोटले जनाएको छ ।

जिल्लामा पुरुष मतदाताहरू रोजगारीका लागि भारत लगाएतका अन्य क्षेत्रमा काम गर्न गएका कारणले महिलाहरूको मत बढी खसेको हुनसक्ने जिल्ला संमन्वय समिति कालिकोटका सदस्य नेत्रबहादुर शाहीले बताए । ‘अधिंकास पुरुष मतदाता भारतलगाएतका अन्य ठाउँमा रोजगारीका लागि गएका कारणले महिलाहरूको मतदान बढी भएको हो ।’ उनले भने,‘जिल्लामा रोजगारी नहुदाँ यो समस्या आएको हो ।’

५३.१३ प्रतिशत मत खस्यो

जिल्लामा रहेका ९९ वटा मतदान स्थल र १०९ मतदान केन्द्र रहेकोमा यस जिल्लाबाट ५७.१३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए । ‘६४ हजार ९ सय ६१ मतदातामध्ये ३७ हजार १ सय १३ जनाले मतदान गरेका छन् ।’ उनले भने,‘यो कुल मतदाताको ५७.१३ प्रतिशत हो ।’

मतपेटिका हेलिकोप्टरबाट ल्याइयो

पहिलो चरणमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका सदरमुकाम ल्याइएको छ । कालीकोटका दुर्गम पलाता नरहरीनाथ, सान्नी त्रिवेणी र पचालझरना गाउँपालिकाका मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

नरहरीनाथ गाउँपालिकाको १३, पचाल झरनाको ४, पलाताको १३ र शानिनत्रिवेणीको २ मतदान केन्द्रका मतपेटिकाहरू हेलिकोप्टरमा ल्याइएको प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । ‘भौगोलिक विकटता र सुरक्षा संंवेदनशिलताका कारणले मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने अवस्था रहेकोले हेलिकोप्टर प्रयोग गरिएको हो ।’ उनले भने,‘जिल्लाका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइसकिएको छ ।’

पहिलो चरण अन्तर्गत कालिकोटमा आइतबार मतदान भएको थियो । सदरमुकाम आसपासका र सडक संजालको छोएका केही ठाउँको मत्रपत्र शनिबार राती नै सदरमुका पु¥याइएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: