गुवातेमालाः हिंसाको विरासत तोड्ने पहलमा महिला


प्रकाशित मिति :2017-11-28 16:55:05

गुवातेमालामा महिलाको जीवन कठिन छ । अमेरिका महादेशको मध्य भागमा पर्ने यो मुलुकमा धेरै महिला र बालिकाको हत्या हुने गरेको छ । यो मुलुक अपराधिक घटनाको दर उच्च भएका देशहरू मध्ये पर्छ । यहाँ प्रत्येक दिन कम्तिमा दुई जना महिलाको हत्या भएको पाइन्छ ।

गुवातेमालामा जनजाति महिलाको जीवन अझ धेरै कठिन छ । अरु गुवातेमालाका महिलाले भोगेका शारीरिक, मानसिक र आर्थिक हिंसाका साथसाथै जनजाति महिलाले थप गरिबी, अशिक्षा र जातिय भेदभाव भोगेका छन् । दुर्गम स्थानका करीब ५० देखि ९० प्रतिशत जनजाति महिलाले लेखपढ गर्न सक्दैनन् । प्रत्येक तीन जना मध्ये एक जना महिलाको स्वास्थ्य सेवा वा परिवार नियोजनका सेवाहरूमा पहुँच छैन ।
यो अवस्था ल्याउन इतिहासलेपनि ठूलो भूमिका खेलेको देखिन्छ ।

स्पेनेली राज्यको हस्तक्षेपपछि शताब्दीयौंसम्म दमन सहेर बसेका यहाँका धेरै जनजाति गुवातेमालाको गृह युद्धमा मारिए । उत्त युद्धमा मारिएका दुई लाख मानिसहरू मध्ये ८० प्रतिशत जनजाति समुदायका थिए । सन् १९६० र १९९६ को बीचमा एक लाख भन्दा धेरै महिलालाई सामूहिक बलात्कार गरिएको थियो । यहाँको सैनिकले धेरै जनजाति महिलालाई जर्बजस्ती यौनकार्यमा लगाएकोपनि थियो ।

त्यो हिंसाको विरासत कायम छ । विभिन्न सरकारहरू आए र गए तर सबैले यी महिलालाई न्याय दिलाउनमा र उनीहरूको आर्थिक सशत्तिकरणमा भने थोरै मात्र काम गरे । दण्डहिनताको संस्कृतिले पनि यौन हिंसालाई सामान्य बनाएको छ । युएन वमनका अनुसार महिला हत्याको घटनामा दण्डहिनताको दर यो देशमा करीब ९८ प्रतिशत रहेको छ ।

गुवातेमाला शहरदेखि ३० किलोमिटर पर रहेको स्यान जुवानको एउटा सानो मायान समुदायका महिलाले परिवर्तनको पहल गरिरहेका छन् ।
एजीआइएमएस नामक संस्थाको उद्देश्य जनजाति महिलामाथि हुने सबै खाले हिंसा र विभेदको अन्त्य गर्नु हो । महिला समुदायका पाँच नेतृहरूले सन् २००१ मा स्थापना गरेको यो संस्थामा अहिले ६५ वटा समुदायहरूका ४०० भन्दा धेरै महिला सदस्यहरू छन् ।

यो संस्थाले हिंसा पीडित महिलालाई सहयोग पु¥याउँछ । यस्ले मनोपरामर्श सेवाका साथै न्यायिक सहायता प्रदान गर्छ र सरकारी संघसंस्थाहरूलाई कसरी धेरै लैगिंकमैत्री बनाउने र जनजाति महिलाप्रति उनीहरूको जिम्मेवारी वोध गराउने कामपनि गर्छ ।

संस्थाको कार्यालयको बैठक कोठामा हप्ताको एक दिन महिला जम्मा हुन्छन् र सँगै खाना खान्छन् । सामाजिक प्रतिबन्धका बाबजुत उनीहरू आफ्ना व्यत्तिगत अनुभवबारे कुरा गर्न सिकिसकेका छन् । यो कुराकानीको पद्दतिले पैरवीको लागि सामुहिक आवाज र राजनीतिक जागरणलाई मद्दत गर्ने कुरा उनीहरूले बुझेका छन् ।

ती महिला २० वर्षदेखि ७० वर्षसम्मका उमेर समूहहरूका छन् । उनीहरूले विभिन्न चुनौतिहरूको सामना गर्दै विभिन्न लक्ष्यहरूको पूर्तिकालागि लडिरहेका छन् । कोही परिवारभित्रको हिंसाको चक्रको अन्त्य गर्न चाहन्छन्। कसैको राजनीतिमा रुचि छ । केही महिलाले नगर प्रमुख बन्ने सपना बोकेका छन्। प्रायः सबै राम्रो शिक्षामा पहँच चाहन्छन् ।
साभारः– अल्जजीरा

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: