बालिका बलात्कारको घटना मिलापत्र गर्न प्रहरी र जनप्रतिनिधिको दवाव


प्रकाशित मिति :2017-11-28 17:11:50

सुनसरी । सुनसरीको दुहवीमा वालिका बलात्कारको घटना मिलापत्र गराउन खोजेको परिवारले गुनासो गरेका छन् । १५ बर्षीया बालिका बलात्कारको घटना जनप्रतिनिधि तथा प्रहरीले समेत मिलापत्र गराउन खोजेको अघिकारकर्मीको आरोप छ ।

प्रहरीले बलात्कारको आरोपमा दुहवी १० का दिलिप मण्डल र उनका छोरा शुशील मण्डललाई पक्राउ गरेपनि इलाका प्रहरी कार्यालय दुहवीले जाहेरी लिन नमानेको अधिकारकर्मीहरुले बताएका छन् । घटना मिलापत्र गराउन खोजेको उनीहरुको आरोप छ ।

अघिकारकर्मीका अनुसार वडा अध्यक्ष लघुराम चौधरी र वडा सदस्य अन्तुराम मण्डलले घटनालाई लुकाएर मिलापत्र गराउन खोजेका छन् । उनीहरुले घटना मिलापत्र गर्नका लागि पीडितको परिवारलाई दवाव समेत दिइरहेका छन् ।

नौ दिन अघि भएको घटनाको भोलिपल्ट स्थानीयवासी, वडाध्यक्ष, वडा सदस्यले बलात्कृत बालिकालाई पीडकको घरमा लगेर बलात्कार गर्ने युवकसँगै विवाह गर्नुपर्ने भन्दै जिम्मा लगाएका थिए ।

बलात्कारपछि बलात्कार गर्ने १५ वर्षका शुशील मण्डलले बुबा दिलिप मण्डलको सहयोगमा बालिकालाई हजुरआमाको घरमा लगेर छाडेको बताइएको छ ।

घटना सार्वजनिक भएपछि पीडित परिवारले ईलाका प्रहरी कार्यालय दुहबीलाई जाहेरी दिदा समेत प्रहरीले उजुरी नलिई मिलापत्र गराउन खोजेको पीडित परिवारको आरोप छ । बालिकाका अनुसार महिला प्रहरीले घटनाबारे सोधपुछ गर्नुपर्नेमा पुरुष प्रहरीले सोधपुछ गरिरहेका छन् ।

प्रहरीले भने जाहेरी दर्ता गरे पनि डाक्टरको रिपोर्ट नआएका कारण अनुसन्धान ढिलो भइरहेको बताएको छ । पीडक वावुछोरा अधिकारकर्मीहरुको पहलमा पक्राउ परेका हुन् । उनीहरुलाई रिहा गर्न प्रहरीलाई व्यापक दवाव रहेको बुझिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: