गर्भवती बोकेको जीप कालिकोटमा दुर्घटना


प्रकाशित मिति :2017-11-29 12:07:19

-महिला खबर-

कालिकोट । गर्भवतीलाई उपचारका लागि लैजादै गरेको जीप कालिकोटमा दुर्घटना भएको छ ।
मुगुबाट बाँकेको नेपालगञ्ज जाँदै गरेको जीप कालिकोटमा दुर्घटना हुँदा तीन जनाको मृत्यु र छ जना घाइते भएका छन् ।

गर्भवती महिलालाई उपचारका लागि लगिँदै गरेको जीप जिल्ला अस्पताल कालिकोट नजिकै दुर्घटना हुँदा मुगुकी १९ वर्षीया गर्भवती मायालक्ष्मी मल्ल, २९ वर्षीय विष्णुुराज धामी, ३७ वर्षीया लक्ष्मी रावल र ३५ वर्षीया किसिम कार्की छन् । यस्तै हुम्लाका २३ वर्षीय सन्तराज शाही र चालक बाँकेका २२ वर्षीय इन्द्र प्रसाद थारु घाइते भएका छन् ।

मुगुबाट मंगलबार बिहान हिँडेको लु २ च २००३ नम्बरको जीप राति साढे १० बजे अस्पतालको माथिल्लो मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

घाइतेहरूको उपचार जिल्ला अस्पताल कालीकोटमा भैरहेको छ । मुगुमा प्रभावकारी स्वास्थ्य सेवा नहुँदा उपचारका लागि नेपालगञ्जमा ल्याउने क्रममा दुर्घटना भएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: