क्यान्सर पीडित बालिकाद्वारा सहयोगको अपिल


प्रकाशित मिति :2017-11-29 12:29:01

-सर्मिला बुढाथोकी-

दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर २ की ब्लड क्यान्सर पीडित १३ वर्षीया पुजा कार्कीको उपचारमा समस्या भएको छ ।

कक्षा ७ मा अध्ययनरत पुजा विगत दुई बर्ष देखि ब्लड क्यान्सरबाट पीडित भएको उनका बुबा रामबहादुर कार्कीले बताए । पुजाको उपचारका लागि ४०-४५ लाख खर्च भैसकेको र अब थप उपचार गर्न समस्या परेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका कार्की परिवारले पुजाको जीवन बचाईदिन सम्पूर्णमा अपिल गरेका छन् ।
नेपाल सरकारको तर्फबाट पाउने १ लाख रुपैयाँ बराबरको सुविधा समेत लिसकेकोे बालिकाको बुबा रामबहादुरले बताए । ‘धेरै पैसा लाग्ने जटिल रोगका कारण आर्थिक अभावले थप उपचारमा समस्या भएको छ । पुजाको उपचारका लागि अझै १०÷१५ लाख रुपैयाँ आवश्यक पर्ने तर अहिले आफुसंग त्यति पैसा बराबरको सम्पत्ति समेत छैन’–रामबहादुरले भने ।

पीडित बालिकाको बुबा रामबहादुरले छोरीको उपचारमा सहयोग गर्न सम्पुर्ण सहयोगी मनहरुमा अपिल गरेका छन्

। पुजाको उपचारमा सहयोग गर्न चाहानुहुनेले आफ्नो मोबाइल नम्बर ९८५११४१६९१ मा सम्पर्क गर्न सक्ने रामबहादुरले बताए ।

पुजाले पनि आफु बाच्न चाहेकोले उपचारमा सहयोग गर्न सबैलाई अपिल गरेकी छिन् । ‘म ठिक भए भने राम्रोसंग पढ्ने र गाँउ घरको लागि केहि राम्रो काम गर्ने इच्छा छ’–पुजाले भनिन् ।

एक एक जनाको थोरै सहयोगले पनि आफुलाई उपचारको लागि आवश्यक रकम जुट्न सक्ने भएकोले थोरै रकम भएपनि सबैैले सहयोग गरिदिनु हुन्छ भन्ने अपेक्षामा छु – पुजाले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: