सामुहिक बलात्कारको आरोपमा बेङ्गलोरमा चार पक्राउ


प्रकाशित मिति :2017-11-29 12:41:29

-महिला खबर-

१७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा बेङ्गलोरको दक्षिणी शहरका प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ती किशोरीलाई १० दिनसम्म स्थानीय होटलको कोठामा थुनामा राखेर सामुहिक बलात्कार गरिएको थियो ।

चार जना पुरुषमाथि न्यायिक कार्वाही चलाइएको छ । दोषीमध्ये होटलका मालिक पनि रहेको पाइयो । प्रहरीका अनुसार अर्का दोषी पीडितको साथी रहेको र त्यसै साथीले ती किशोरीलाई भोज छ भनेर होटल लगेको बुझियो । ती किशोरी अक्टोबर २६ तारिखमा घरबाट निस्केको र परिवारले अक्टोबर ३० तारिखका दिन हराएको भनी प्रहरीमा रिपोर्ट गरेको थियो ।

सन् २०१२ मा दिल्लीमा २३ वर्षीया विद्यार्थीको बसमा सामुहिक बलात्कारपछि हत्या गरिएको घटनापछि भारतमा यौन हिंसाको घटनाको निगरानी बढेको छ । त्यस घटनाको धेरै दिनसम्म भत्सर्ना गरियो र सरकारलाई कडा कानून र मृत्यु दण्ड ल्याउन समेत बाध्य बनायो ।

यति हुँदाहुँदैपनि भारतमा महिला र बालबालिकामाथि यौन हिंसाको अवस्था उस्तै छ ।

साभारः– बिबिसी

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: