-महिला खवर-
कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहालाई बालविवाह मुक्त बडा बनाउने अभियानलाई सफल बनाउन सहयोग गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूले प्रतिबद्धता जनाएका छन् । “लैङ्गिक हिंसा अन्त्यका लागी सबै जुटौ, कोहि नछुटौ” भन्ने नारका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर साथी कपिलवस्तु आस्था परियोजनाको आयोजनामा सम्पन्न बालविवाह न्युनिकरण अभियान बारे अन्तरक्रियामा सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बालविवाह रोक्ने प्रतिवद्धता जनाउँदै स्वयंसेविका
कार्यक्रममा परियोजनाका जिल्ला संयोजक खगप्रसाद चापागाईले १६ दिने अभियान, बालविवाह, बालविवाहको असर, कानुनी व्यवस्था र बालविवाह रोक्न महिला स्वास्थ्य स्वयंसेविकाले खेल्न सक्ने भुमिका बारे जानकारी दिएका थिए ।
सो अवसरमा बोल्दै स्वयंसेविका पुष्पा तेलीले आफूहरूले स्वयंसेवि भावले बर्षौदेखी सामाजिक सेवा गर्दै आएकोमा छोरीलाई दाईजो हैन शिक्षा दिने र २० बर्षपछि मात्रै विवाह गर्न परामर्श दिने बताइन् ।
उनले बालविवाहका कारण भोग्नु पर्ने स्वास्थ्य, शारीरिक र मानसिक समस्या बारे जानकारी दिई बालविवाह गरे कानुनी कारवाही हुने बारे समुदायलाई सचेत बनाउन सहयोग पुर्याउने बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सौराहा हेल्थ पोष्टका प्रमुख रिम पाटा मगरले स्वास्थ्य सेवा लिन आउने महिला र किशोरीलाई बालविवाहको असर र कानुनी कारवाही बारे जानकारी गराइ आफूहरूले सचेतना प्रवाहमा सहयोग पुर्याउने बताए । पछिल्लो तिन बर्ष यता स्वास्थ्य चौकीमा सेवा लिने गर्भवतीहरूमा २० बर्ष मुनीका नरहेको उनले स्पष्ट पारे ।
वडा सदस्य जयजय राम यादवले बालविवाह मुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै साथी संस्थाको सहकार्यमा आगामी महिला वडालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी थालिएको जनाए ।
समुदायमा छोरीलाई दाईजो हैन शिक्षा दिनुपर्छ भन्ने मान्यता विकास गर्न सचेतना कार्यक्रम चलाउन आफूहरूले पहल गर्ने उनले बताए ।
Comment Here!