घट्दै छ कुपोषणको समस्या


प्रकाशित मिति :2017-11-30 11:27:46

-महिला खबर-

दोलखा । जिल्लामा कुपोषणको समस्या क्रमशः घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्क शाखाले दिएको विवरण अनुसार जिल्लाका सात गाउँपालिका र दुई नगरपालिकामा गरी आर्थिक वर्ष ०७४\०७५ को कार्तिक महिनासम्म ५ जना बालबालिकामा कडा शिघ्र कुपोषण देखिएको छ भने १ सय ४९ बालबालिकामा मध्यम शिघ्र कुपोषण देखिएको छ । परीक्षण गरिएका बालबालिका मध्य १५ हजार ८ सय ८८ जना बालबालिकाको पोषणको अवस्था राम्रो पाइएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका हेल्थ असिस्टेन्ट तथा तथ्याङ्क शाखाका फोकल पर्सन भोजराज जोशीले बताए ।

फाईल तस्विरः कुपोषणको जाँच गरिदै

जिल्लामा आर्थिक वर्ष ०७२\०७३ मा कडा शिघ्र कुपोषण भएका बालबालिका ७३ जना र मध्यम शिघ्र कुपोषण भएका बालबालिका १ हजार ३ सय ९८ थिए । त्यसैगरी आर्थिक वर्ष ०७३\०७४ मा कडा शिघ्र कुपोषण भएका बालबालिका ६९ जना र मध्यम शिघ्र कुपोषण भएका  बालबालिका १ हजार २ सय ३६ रहेको तथ्याङ्क शाखाका फोकल पर्सन भोजराज जोशीले बताए ।

विभिन्न संघ संस्थाले पोषण सम्बन्धि कार्यक्रम सञ्चालन गरिरहेको र जिल्ला स्वास्थ्य कार्यालय दोलखाले पनि कुपोषणको कारण र समाधानको उपाय सम्बन्धि चेतना मूलक अभियानहरु सञ्चालन गरिरहेकोले जिल्लामा कुपोषणको समस्या क्रमशः कम हुदै गएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखाको सात गाउँपालिका र दुई नगरपालिकामा गरी १५ वटा स्वास्थ्य केन्द्रमा कुपोषणको उपचार गरीने र सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालमा कुपोषणको समस्या रहेको बालबालिकालाई भर्ना गरेर नै उपचार गरिने जोशीले बताए । कुपोषणको उपचार हुने स्वास्थ्य केन्द्रमा आउने कुपोषणको समस्या भएका बालबालिकालाई आवश्यक औषधि तथा पोषण युक्त खानेकुरा दिईने जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखा जिल्लामा कार्यरत स्वास्थ्य स्वयमसेविकाहरुले लिएको विवरणको आधारमा जिल्लामा यो आर्थिक वर्षको कार्तिक महिनासम्म ५ जना बालबालिकामा कडा शिघ्र कुपोषणको समस्या देखिएको भएपनि स्वास्थ्य संस्थाबाट प्राप्त विवरण अनुसार भने ९ जनामा यो समस्या देखिएको जोशीको भनाइ छ ।

यो आर्थिक वर्षमा जिल्लामा करिब ४० जना सुत्केरी महिलाहरुमा कडा शिघ्र कुपोषणको समस्या देखिएको पनि जोशीले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: