महिला आन्दोलन सशक्त छः अध्यक्ष ओली


प्रकाशित मिति :2017-11-30 15:11:20

-महिला खबर-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा विद्यमान लैंगिक विभेद र कुप्रथाको अन्त्य गरी न्यायोचित समाजको निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री ओलीले बुधबार झापाको दमकमा आयोजित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै विद्यमान कुरीति र कुप्रथा विरुद्ध अभियान जरुरी रहेकाले महिलालाई अगाडि बढाउने तर्फ वामपन्थी पार्टी सचेत रहेको बताए ।

‘महिलालाई राष्ट्रपति बनाउने एमाले हो । सभामुख बनाउने माओवादी केन्द्र हो । महिलाको नेतृत्व विकास गरी नीति निमार्ण तह र शासन सञ्चालनमा महिला सहभागिता बढाउने कुरामा वामपन्थीहरू अग्र भागमा छन्’ अध्यक्ष शर्माले भने ।

महिला अधिकार स्थापनाका लागि नेपालमा पच्चायत कालदेखि नै महिलाहरूले सशक्त आन्दोलन गर्दै आएको स्मरण गर्दै ओलीले भने, ‘पच्चायत कालदेखि महिला आन्दोलनको भूमिका सशक्त छ । समान अधिकार, समान अवसर, महिलाको सुरक्षा र सम्मानको निर्माण अब वाम गठबन्धनले गर्छ । तपाईंहरू ढुक्क हुनुस् ।’

उनले प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशत महिलाहरू अनिवार्य संसदमा उपस्थिति गराउने बताए । ‘कति उम्मेदवार उठायो भन्दा पनि केन्द्र र प्रदेशमा ३३ प्रतिशत महिलाको सहभागिता गराउँछौ ।’

महिलालाई समान अधिकार प्रदान गर्ने कुरा विकसित देशहरूले नेपालसँग सिक्नुपर्ने बताउदै शर्माले भने, ‘विश्वको इतिहासमा एकैचोटी राज्यका तीनै अंगमा महिला प्रमुख भएको नेपालमा पहिलो पटक हो । त्यो सफलता महिला आन्दोलनले प्राप्त गरेको छ । अरु देशले हामीबाट सिके हुन्छ ।’

अध्यक्ष शर्माले स्कुल जाने बालिकाहरूको संख्यामा बृद्धी भइहेकोले उच्च शिक्षा लिने किशोरीहरूको संख्यामा पनि बृद्धी गर्न राज्य, राजनीतिक दल र विभिन्न संघ संस्थाले ध्यान दिनुपर्ने वताए ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापनापछि मात्रै सामाजिक विभेदको अन्त्य गरी समानतामुलक समाज, सामाजिक न्याय र लैंगिक समानता अगाडि बढाउनुपर्छ भन्ने घोषणा कम्युनिस्टले गरेको शर्माले बताए । ‘महिलाको शिक्षा र सशक्तिकरणमा जोड दिने कुरा कम्युनिष्ट पार्टीले नै उठाएको हो’ उनले दावी गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: