-महिला खबर-
काठमाडौं । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अष्ट्रेलियन राजदुतावासले नेपालकी पहिलो महिलावादी योगमाया न्यौपानेको सम्झनामा भित्ते चित्र बनाएको छ ।
यो चित्र काठमाडौंको तीन ठाउँमा बनाइएको छ । राजदुतावासले बाँसवारी, धुम्बाराही र कुपण्डोलमा भित्ते चित्र बनाएको हो ।
भित्ते चित्र अष्ट्रेलियन राजदुतावासको सहयोगमा उज्यालो फाउण्डेसनले बनाएको हो । महिलाको शक्ति, स्वतन्त्रता, हिंसा विरुद्ध बोल्नु जस्ता कुराहरु चित्रमा देखाउन खोजीएको छ ।
भित्ते चित्रको आज नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर वडले उद्घाटन गरेका थिए ।
योगमायाले बाँचुन्जेल समाजका विकृतिहरू चिर्नमै समय लगाइन् । सतीप्रथा हटाइयोस, जातभातको रीतिरिवाज हटाइयोस, जनताले न्याय निसाफ पाऊन् र शोषण रहित समाजको सृजना होस् जस्ता माग राख्दै योगमायाले सामाजिक परिवर्तनका लागि सांस्कृतिक आन्दोलनको सुरुवात गरेकी थिइन् । उनले न्याय माग्नकै लागि पैदल हिँडेर काठमाडौंसम्म आएकी थिइन् । उनी नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक मानिन्छ ।
Comment Here!