किशोरी पढाउँदै किशोरी


प्रकाशित मिति :2017-12-01 11:47:25

-विदुर आचार्य-

सिन्धुपाल्चोक । हेलम्वु­ ६ की प्रमिला तामाङ हरेक हप्ताको दुई दिन गाउँभरीका किशोरी भएको घरमा पुग्छिन् । कक्षा ९ मा अध्ययनरत किशोरी प्रमिला साथी भेट्न मात्र सबै किशोरीको घरमा पुगेकी होईनन् । उनी गाउँभरीका किशोरीहरूलाई महिला हिंसा, बालविवाह र सुरक्षित वैदेशिक रोजगारी बारे जानकारी दिदै सचेत बनाउने अभियानमा लागेकी छिन् ।

प्रमिला जस्तै सोही ठाउँकी माया तामाङको पनि वार्षिक योजना नै छ । साविकको गाउँ विकास समितिको सबै घरमा किशोरी तथा महिलाको अवस्था बारे जानकारी राख्ने । प्रमिलासँगै कक्षा ९ मै पढिरहेकी माया पनि गाउँभरीका किशोरीलाई सचेतना बाड्ने काममा लागेकी छन् ।

प्रमिला र माया मात्र होईन इचोकका १६ जना किशोरीहरूले किशोरी समूह नै बनाएर अभियान सुरु गरेका हुन् । अहिले उनीहरूको समूह सशक्त छ ।

गाउँका सबै टोल समेटिने गरी समूह सदस्य छन् । ‘टोल टोलमा हुने समस्या टिपेर समूहमा छलफल गरी समाधानमा लाग्ने गरेका छौ’ समूहकी सदस्य मिङमार तामाङले भनिन् । ‘हाम्रो गाउँमा धेरै चेलीबेटी बेचिन्छन् भन्ने गरिन्छ तर अहिले पहिले जस्तो छैन,’ समूहकी अर्की सदस्य गंगा तामाङ भन्छिन्, ‘भूकम्पपछि बसाई सर्ने र विदेश जाने दिदी, दाइहरू धेरै भए, विदेश जाँदा धेरै कुरामा ध्यान पु¥याउन हामीले सिकायांै । अब हामी हाम्रो गाउँलाई नमूना बनाउनेछौ ।’ उनले विपद्मा अपनाउनुपर्ने सजगता, सुरक्षित वैदेशिक रोजगारी, बालविवाह, बेचबिखन, महिला हिंसा र बसाईसराई बारे गाउँमा जानकारी दिने गरेको बताइन् ।

किशोरीहरूको अभियानले गाउँमा धेरै परिवर्तन आएको स्थानीय नारायण आधारभूत विद्यालयका प्रध्यानाध्यापक पुर्णवहादुर पण्डितले बताए । ‘केही वर्ष अघिसम्म पाँच कक्षा पढ्ने बालिकाहरू विदेश पुगिसक्थे तर अहिले त्यो क्रम धेरै रोकिएको छ ।’ प्रअ पण्डितले भने, ‘कलिलै उमेरमा विदेश जानबाट रोक्न, घरेलु हिंसा रोक्न, बालविवाह र अन्य कुरीति बिरुद्ध लाग्न किशोरीहरू आफै लागेका छन् र उनीहरूले आ–आफ्नो घर हुँदै टोलटोलमा अभियान चलाएका छन् ।’ कुनैपनि टोलमा वा घरमा त्यस्ता घटना भएमा किशोरी समूह पुगेर रोकेका अनेकन घटना भएको उनले जानकारी दिए ।

छोरीको अभियानमा आमाहरू पनि

आफ्ना छोरीहरूले गाउँमा गरेको राम्रो कामको प्रभाव परेपछि हरेक टोलका आमा समूह पनि सक्रिय भएका छन् । अभियान चलाएका किशोरीका आमासँगै विदेशबाट फर्किएका महिला र अरु महिलाहरू पनि अभियान सफल पार्न सामुहिक रुपमा अघि बढेका छन् ।

किशोरी समूह जस्तै आमाहरू पनि आफ्नो ठाउँको समस्या पहिचान गरी समाधान गर्न नियमित बैठक बस्ने, सचेतना दिदै गाउँभरी जाने र समस्या भएको ठाउँमा पुगेर समस्या समाधान गर्ने गरेको तान्कु तामाङले बताइन् ।

‘इचोक जिल्लाको विकट क्षेत्र हो । चेलीबेटी बेचबिखनको सुरुवाती क्षेत्र समेत हो । यहाँ अनगिन्ति समस्या छन् । त्यसैले हामीले गाउँका किशोरीहरूको अभियानमा भरपुर सहयोगको प्रयत्न गरेका छौँ भन्छिन्, महिला आत्मनिर्भरता केन्द्रकी सहजकर्ता तारा पण्डित ।

समूहलाई आर्थिक, प्रविधिक सहयोग गरी सशक्त बनाउँन सहयोग गर्दै आएको महिला आत्मनिर्भरता केन्द्रका कार्यक्रम संयोजक राजन दुलाल बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: