-महिला खबर-
काठमाडौं । २०७४ असोज २ गते रुपन्देहीको सैनामैना नगरपालिका १ वनकट्टाकी २१ वर्षीया रेखा भुसाल अज्ञात समूहबाट अपहरणमा परिन् ।
भुसाल अपहरण परेको दिन नै प्रहरीले उनलाई तिलोत्तमा नगरपालिका ७ सेमराबजारबाट सकुशल उद्धार गर्यो । उनलाई अपहरण गर्ने ६ जना युवालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले असोज १२ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका ६ जनालाई रुपन्देही जिल्ला अदालतको आदेशपछि कारागार चलान गरिएको छ ।
कारागार चलान हुनेमा रुपन्देही सैनामैना नगरपालिका १ बस्ने २२ वर्षीय प्रकाश भुसाल, सुद्दोधन गाँउपालिका २ घर भएका २१ वर्षीय राजिब सुनारी र सैनामैना नगरपालिका ४ बस्न २१ वर्षीय अनमोल जंग राणा, तिलोत्तमा नगरपालिका १६ बस्ने ३९ वर्षीय लाल बहादुर पुन, तिलोत्तमा नगरपालिका १६ बस्ने ३८ वर्षीय डम्बर बहादुर राना र अर्घाखाची भुमिकास्थान गाँउपालिका ९ का २८ वर्षीय दिपक नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले बताए ।
Comment Here!