जनताको रोजाइमा गुण्डा, ठेकेदार र माफिया होइन, म नै हुनेछु :अनुराधा थापा मगर


प्रकाशित मिति :2017-12-01 15:04:58

-महिला खबर-

काठमाडौं । अनुराधा थापा मगर नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार हुन् ।

कांग्रेसका दमननाथ ढुङ्गाना र वामगठबन्धनका उम्मेदवार तथा पूर्व उद्योग मन्त्रि महेश बस्नेतसँग चुनावी प्रतिस्पर्धी गरिरहेकी थापाले दुवै बलिया प्रतिस्पर्धीलाई कडा टक्कर दिदै जिल्लामा विद्यमान कुरीति र भष्ट्राचारको अन्त्य गर्न आफूले उम्मेदवारी दिएको बताएकी छन् ।

‘भक्तपुरको विकास नहुँनुमा भ्रष्टाचार प्रमुख कारण बनेको छ । यसको अन्त्यका लागि मेरो उम्मेदवारीे हो’ मगरले महिला खबरसँग भनिन् ।

आफूले जितेमा भक्तपुरका महिलाको सशक्तिकरण र शिशुहरूको स्वास्थ्यका लागि सबै वडाहरूमा शिशु स्याहार केन्द्र स्थापना गर्ने र जसमा एकैपटक ३ लाख महिलाहरूले रोजगार समेत पाउने उनले बताइन् ।

वैदेशिक रोजगारीको बहानामा धेरै चेलीहरू बेचबिखनमा पर्ने गरेको भन्दै उनले नेपाली महिलालाई बेचबिखन गर्ने दलाललाई मृत्युदण्डको सजाय बनाउँन आफूले पहल गर्ने बताइन् । सबैका लागि निशुल्क उच्च शिक्षा, गुणस्तरीय अस्पताल जस्ता जनताका माग र आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा गईरहेको मगरले बताईन् ।

‘संविधान संशोधन गरेर चेलीबेटी बेचबिखन गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था संविधानमै उल्लेख गर्न पहल गर्नेछु’ मगरले भनिन् ।

आफूलाईं मतदाताको साथ र सहयोग रहेको उनी बताउँछिन् । ‘यहाँका मतदाताले तपाईं अगाडि बढ्नुहोस् हाम्रो साथ छ भन्नुभएको छ’ मगरले भनिन् ।

निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारहरूले पैसाको खेल चलाइरहेको प्रति आपत्ति जनाउँदै उनले त्यसका कारण गाह्रो भए पनि जनता सचेत भइरहेकोले गुण्डा, ठेकेदार, माफिया जस्तालाई भोट नदिने तर्क गरिन् । ‘मतदाता सचेत हुनुहुन्छ । गुण्डा, ठेकेदार र माफियालाई भोट हाल्दैनन् । अरुले पैसाका बिटा, उपहार बाड्छन्, हामी घोषणपत्र बाडिरहेका छौं’ मगरले भनिन् । देशको सम्रग विकास, जनताका निम्ती आवश्यक नीति बनाउँन भक्तपुरको प्रतिनिधित्व गरेर उम्मेदवारी दिएको उनले बताइन् ।

‘भ्रष्टाचार, अन्धविश्वास, कुरीति जस्ता कुप्रथा हटाउन मलाई यहाँका जनताले भोट हाल्नुहुन्छ भन्ने विश्वास छ’ मगरले विश्वास व्यक्त गरिन् ।

भक्तपुर क्षेत्र नम्बर २ मा उनीसँग तीन महिला र दश पुरुष प्रतिस्पर्धामा छन् । जसमा दमन नाथ ढुङ्गाना नेपाली काँग्रेस, महेश बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एमाले), सुरेन्द्र था श्रेष्ठ स्वतन्त्र, बसन्त बहादुर खत्री नेपाल कम्युनिष्ट पार्टी (माले), शिवहरि खनाल राष्ट्रिय जनमोर्चा, तारा कुमारी बास्कोटा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), कृष्णप्रसाद न्यौपाने स्वतन्त्र, धर्मराज थापा स्वतन्त्र, दिल बहादुर तामा राष्ट्रिय जनमुक्ति पार्टी, शशीविक्रम कार्की विवेकशील साझा पार्टी, श्री राम खाइजु नयाँ शक्ति पार्टी, नेपाल कमला बर्देवा नेपाल दलित पार्टी रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: