बलात्कारपछि दम्पतीकै हत्या गर्ने पक्राउ परेनन्


प्रकाशित मिति :2017-12-03 12:15:18

-महिला खबर –

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका ३ बजनीमा बलात्कारको प्रतिकार गर्दा दम्पतीकै हत्या भएको घटनामा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन् । शुक्रबार राति ३५ बर्षीय दिपक सुवेदी र उनकी ३२ बर्षीया श्रीमती दिपिकाको बलात्कारपछि हत्या भएको हो ।

दिपिकाको शव निर्वस्त्र अवस्थामा आफ्नै कोठामा भेटिएको थियो । दिपकको शव भने गाईको गोठबाट ५० मिटरको दुरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरू गाई पाल्ने गोठमा बस्दै आएका थिए । उनीहरूलाई बाँसको भाटाले प्रहार गरेर हत्या गरिएको हुनसक्ने बारा प्रहरीले अनुमान छ ।

बारा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार वैदवारले महिला खबरसँग कुरा गर्दै घटनाको विभिन्न प्रविधि मार्फत व्यापक अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘घटनाको प्रमाण संकलन गर्ने, टेष्ट गर्ने काम भइराखेको छ । घटनामा संलग्नलाई छिट्टै पक्राउ गर्छौ ।’

मृतकका आमा र २ सन्तान छन् । घटनापछि गाउँ नै शोकमा डुवेको छ । घटनाको तीन दिन पुगिसक्दा समेत हत्याराहरु पक्राउ पर्न नसकेपछि गाउँमा त्रास बढेको छ । दम्पती हत्यामा नजिकैका मान्छेहरु संलग्न भएको हुनसक्ने शंका गाउँलेहरुले गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: