सेवामूलक कार्यमा महिलाको योगदानको मूल्यांकन गर्न माग


प्रकाशित मिति :2017-12-03 16:45:28

-महिला खबर-

काठमाडौंं । पारिश्रमिक विनाको सेवामूलक कार्यमा महिलाको योगदानको मूल्यांकन गर्दै त्यसलाई राष्ट्रिय योजनामा समावेश गर्न माग गरिएको छ ।

‘महिलाको पारिश्रमिक विनाको सेवामूलक कार्यको पहिचान, न्यूनीकरण र पुनःवितरणका माध्यमबाट उनीहरूको आर्थिक सशक्तिकरणको सुनिश्चितताका लागि राष्ट्रिय महिला सम्मेलन’ले यस्तो माग गरेको हो ।

अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्था, एक्सनएड नेपाल तथा राष्ट्रिय महिला अधिकार मञ्चको संयुक्त आयोजनामा शनिबार काठमाडौंमा सम्पन्न सम्मेलनले जारी गरेको सात बुँदे घोषणापत्रमा यस्तो कुरा उल्लेख छ ।

राष्ट्रिय जनगणनामा महिलाले गर्ने पारिश्रमिक विनाको सेवामूलक कार्यसँग सम्बन्धित सूचकहरूको समावेशिता सुनिश्चित गर्न र पारिश्रमिक विनाको सेवामूलक कार्यमा संलग्न महिलाहरूको कामलाई पहिचान गर्दै सामाजिक सुरक्षा (स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक सेवा केन्द्र, बेरोजगार भत्ता आदि) सुनिश्चितताका लागि सामाजिक सुरक्षा ऐनमार्फत संवोधन गर्न घोषणापत्रले माग गरेको छ ।

यस्तै अन्यायपूर्ण लैङ्गिक कार्यविभाजनको कारणले बालबालिकाको हेरचाहमा महिलाहरूको बढी समय खर्च भई उनीहरू विभिन्न अधिकारहरू वञ्चित हुनुपरेकोले औपचारिक क्षेत्रमा जस्तै पारिश्रमिक विनाको सेवामूलक कार्यमा संलग्न महिला अधिकार सुनिश्चित गर्नका लागि राज्यद्वारा सामुदायिक शिशु स्याहार केन्द्रको राष्ट्रव्यापी रुपमा व्यवस्था गर्न माग पनि घोषणापत्रले गरेको छ ।

महिलाहरू संलग्न हुने पारिश्रमिक विनाको सेवामूलक कार्यको पहिचान गर्दै उक्त कार्यबोझ न्यूनीकरण गर्न राज्यद्वारा सार्वजनिक सेवा, पूर्वाधार र प्रविधिमा पर्याप्त लगानीको सुनिश्चित गर्न तथा महिलाको अगुवाईमा नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारका साथै सम्बन्धित सरोकारवालाहरूसँग सम्मेलनले माग गरेको छ ।

यसैगरी सम्मेलनले उत्पादनशील क्षेत्रमा महिलाहरूको संलग्नता अभिवृद्धि गर्न समतामूलक ढंगबाट न्यायोचित ज्याला स्थापित गद रोजगारीका अवसरहरू सुनिश्चित गर्न पनि सम्मेलनले माग गरेको छ ।

मंसिर १५ र १६ गते आयोजित सम्मेलनमा पारिश्रमिक विनाको सेवामूलक काम र महिलाबीचको अन्तरसम्बन्ध, महिलाको पारिश्रमिक विनाको सेवामूलक काम र कुल गार्हस्थ्य उत्पादन, पारिश्रमिक विनाको सेवामूलक काम; नेपालमा महिला आन्दोलनका निम्ति चुनौती र सम्भावना, एकल महिला र पारिश्रमिक विनाको सेवामूलक काम, पारिश्रमिक विनाको सेवामुलक काममा सिमित महिलाहरूको आर्थिक, समाजिक सुरक्षा कसरी, किन र कसले गर्ने भन्ने विषयमा विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए ।

अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्थाकी कोषाध्यक्ष रेनु अधिकारीको अध्यक्षतामा सम्पन्न सम्मेलनको समापन समारोहमा राष्ट्रिय महिला आयोगका सचिव तुलसीराम सेढाई, वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्य तथा डा. बीना प्रधान, एक्सनएड नेपालका दिनेश गुरुङ तथा राष्ट्रिय महिला अधिकार मञ्चकी रेणुका मल्ल ठकुरीले संबोधन गरेका थिए ।

सम्मेलनमा विभिन्न ३५ जिल्लाका महिलाहरू, पारिश्रमिक विनाको सेवामूलक कार्यको सवालमा कार्यरत समेत गरी दुई सयभन्दा बढी विज्ञ तथा अभियन्ताहरूको सहभागिता रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: