भाइरलबाट ६ महिलासहित १२ को मृत्यु, महिला र बालबालिका बढी जोखिममा


प्रकाशित मिति :2017-12-03 15:28:04

-महिला खबर-

कालिकोट । मुगुको खत्याड गाउँपालिकामा एक महिनादेखि फैलिएको भाइरल ज्वरोका कारण ६ महिलासहित १२ जनाको मृत्यु भएको छ ।

भाइरलका कारण छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढा, वडा नम्बर ७ मा एक वर्षीय बालक र ७० वर्षीया धर्मकला शाही रहेका छन् । त्यस्तै खत्याड गाउँपालिकाका रिगा गाउँका ६५ वर्षीय बिउरासरा पाण्डे, ४४ वर्षीय बिष्णु जैसी र सुकाढिक गाउँकी ५५ वर्षीय पूर्वा कार्कीको भाइरल ज्वरोका कारण मृत्यु भएको हो । खमाले कवाकी ४२ वर्षीय मागी रोकायाको पनि भाइरल ज्वरोकै कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

महिला र बालबालिका बढी प्रभावित

मौसममा आएको परिवर्तनसँगै फैलिएको भाइरल ज्वरोले महिला र बालबालिका बढी प्रभावित भएका छन् ।

निमित्त जिल्ला जनस्वास्थ्य अधिकृत धनप्रसाद शर्माले मौसममा आएको परिर्वनका कारण भाइरल ज्वरोका बिरामी बढेको बताए । ज्वरोका कारण सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको उनको भनाइ छ ।

उनले भने, ‘भारइल ज्वरो फैलिएको ठाउँमा औषधिसहित अहेव ज्ञानसिंह बुढाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बिहीबार पठाइ सकिएको छ ।’

जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीहरू दैनिक १ सय देखि १ सय ५० भन्दा बढी आउने गरेको अस्पतालले बताएको छ । त्यसमध्ये सबैभन्दा बढी महिला, बालबालिका र बृद्धाहरू रहेका छन् ।

अस्पतालका डा. मीना काफ्ले चौलागाईले जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको बताइन् ।

उनले भनिन् ‘महिला र बालबालिकामा यसको प्रभाव निकै बढेको छ । मौसममा आएको परिवर्तनका कारणले यस्तो हुन गएको हो ।’ उनले भाइरल ज्वरोबाट बच्नका लागि खानपान र जिवनशैलीमा ध्यान दिन समेत आग्रह गरेकी छिन् ।

पानीसँगको काम र मेलापातको काममा धेरै जसो महिलाहरू सहभागी हुने भएकाकारण चिसोबाट उनीहरू प्रभावित भइरहेको पनि डा. काफ्लेले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: