मदिरा नियन्त्रणको विषय महिला प्रतिनिधिकै ठेक्का, कहिले पाउँने पुरुषको साथ ?


प्रकाशित मिति :2017-12-03 16:04:43

इन्द्रसरा खड्का । महिला खबर

बैतडी । बैतडीमा महिलामाथि हिंसा हुनुको मुख्य कारण मदिरा रहेको स्थानीय निकायका प्रमुख तथा उपप्रमुख महिलाहरूले बताएका छन् ।

बैतडीका १० वटै स्थानीय तहमा मदिराको कारोबार बढेकाले महिलामाथि हुने हिंसा नियन्त्रण गर्न समस्या भएको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दको भनाइ छ ।

आफूले स्थानीय तहको चुनावका बेला भोट माग्ने क्रममा नै मदिराको जथाभावी कारोबार बन्द गर्ने आश्वासन दिएको भएपनि मदिरा नियन्त्रण गर्न सजिलो नभएको उनले अनुभव सुनाइन् ।

शिवनाथका महिलाहरूले लोग्ने मान्छेले रक्सी सेवन गरेर आफूहरू माथि हिंसा गर्ने गरेको भन्दै रोकथामका लागि गाउँपालिकालाई पहल गर्न आग्रह गरेको उनले बताइन् ।

चन्दले मदिराको खुला विक्री वितरण रोक्न खोज्दा उल्टै गाउँपालिका विरुद्ध मुद्धा परेको बताइन् । ‘महिलाहरूको पीडा सुनेर मदिरा निषेध गर्न खोज्दा गाउँपालिकाको नाममा मुद्धा नै परेको छ’ उपाध्यक्ष चन्दले भनिन्, ‘मदिराले मानव स्वास्थ्य र समाज दुबैलाई नोक्सान गर्छ भन्ने कुराको आभास सबैले नगर्दासम्म मदिराको खुला विक्री वितरण र सेवन रोक्न मुस्किल छ ।’

दिनभरी महिलाहरू खेत बारीको काममा व्यस्त भएर साँझ घर फर्किदा समेत ढुक्कसँग बस्न नपाएको उनले बताइन् ।

सिगास गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले सिगासमा पनि मदिराले गर्दा महिलाहरूले निकै कष्ट खेपिरहेको बताइन् ।

सदरकदरमुकाममा आयोजित एक कार्यक्रममा सहभागि स्थानीय निकायका प्रतिनिधि महिलाहरु ।

उनले मदिरा नियन्त्रण पनि महिला प्रतिनिधिकै मात्रै ठेक्का जस्तो भइरहेको भन्दै पुरुषको सहभागिता बिना मदिराको जथाभावी कारोबार रोक्न नसकिने बताइन् ।

गाउँ घरमै सजिलै तरिकाले सस्तोमा घरेलु मदिरा पाइने हुँला श्रीमानले श्रीमतीका गरगहना समेत बेचेर मदिरा सेवन गर्ने र श्रीमतीलाई नै कुटपिट गर्ने गरेको चन्दले बताइन् ।

यस्तै बैतडीको डिलासैनी, सुर्नयाँ गाउपालिका लगायत जिल्लाका सबै स्थानीय तहमा मदिराकै कारण महिलामाथि हिंसा भइरहेको जनप्रतिनिधि महिलाहरूको भनाइ छ ।

स्थानीय निकायको नेतृत्व गरिरहेका महिलाहरू मदिरा नियन्त्रण आफूहरूको प्राथमिकताको मुद्धा भए पनि मदिरा कारोबारी, राजनीतिक र सामाजिक पहुँचमा रहेका व्यक्तिहरूबाटै असहयोग भइरहेकोले मदिराको जथाभावी विक्री वितरण र सेवन रोक्ने प्रयास सफल हुन नसकेको गुनासो गरिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: