हिंसा प्रभावितको सहारा बन्दै सुरक्षित आवास गृह, डेढ वर्षमा ६५ उजुरी


प्रकाशित मिति :2017-12-04 10:20:45

कृष्ण ओली\महिला खबर

बाजुरा । बडिमालिका–७ की कमला बोहरा (नाम परिर्वतन) कक्षा ८ पढ्दै गर्दा प्रेममा परिन् । एउटै विद्यालयमा कक्षा १० पढ्ने छिमेकी गाउँको केटा साथीसँग प्रेम बस्यो । विद्यालय समय बाहेक फोन मार्फत कुराकानी बढ्दै गयो ।

त्यो कुरा घरपरिवार र साथीहरूले पनि थाहा पाए । विद्यालय जाँदा अरुले जिक्याउन थाले । दुई वर्षदेखिको प्रेम विहेमा परिणत भयो । कक्षा १० पुरा नहुँदै कमला विहे गर्न सहमत भइन् । दुबैलाई एक अर्का प्रति पूर्ण विश्वास थियो ।

विहे गरेको ६ महिना नपुग्दै श्रीमान उच्च शिक्षा पढ्न जिल्ला बाहिर गए । विहे गर्नु पहिले जस्तो फोन सम्पर्क हुन छोड्यो । त्यो बीचमा श्रीमान शंका गर्न थाले । गाउँकै केटाले कमलाको श्रीमानलाई भए नभएका कुरा लगाउने र मेरो पूर्व प्रेमीका हो, भनेर कुरा सुनाउन थाले ।

कमलाको परिवारमा फाटो बढ्दै गयो । श्रीमान फोन गर्दा नउठाउने, राम्रो व्यवाहार नगर्ने र घर छोडेर जान दबाब दिन थाले । कमलालाई श्रीमानको व्यवहारमा शंका लाग्न थाल्यो । विना कारण दोष दिएकोमा दुखी पनि भइन् ।

सुरुमा त्यो कुरा कसैलाई भनिनन् । जब छोराको पक्ष लिँदै सासु ससुराले पनि नराम्रो व्यवहार गर्न थाले, घर छोड्न दबाब दिन थाले उनले सहारा खोजिन् । माइती पक्षसँग दुख पोखिन, आफू खुसी विहे गरेको रिसले माइतीले उनको पक्षमा बोल्न मानेनन् ।

घरमा बस्ने वातावरण नभएपछि न्यायका लागि मार्तडी पुगिन् । कहाँ जाने र कस्लाई पीडा सुनाउने बारे केही थाहा थिएन । ‘महिला अधिकार मञ्चको बारे सामान्य रेडियोबाट सुनेकी थिएँ, त्यही आशमा मार्तडी पुगेँ,’ कमलाले भनिन् ।

मार्तडी पुग्दा गाउँकै होटल गरी बस्नेसँग पीडा सुनाईन् र सल्लाह अनुसार सुरक्षित आवास गृह पुगिन् । त्यहि सम्पर्कले अहिले उनलाई नयाँ जीवन दिएको छ । सुरक्षित आवास गृहले हिंसा प्रभावित महिला तथा बालबालिकालाई संरक्षण दिने र न्यायका लागि पहल गर्ने काम गरिरहेको छ ।

सुरक्षित आवास गृह, हिंसा प्रभावितका लागि सहारा बनेको घरेलु हिंसा प्रभावित पाण्डुसैनकी थुमा रोकाया (नाम परिर्वतन)ले भनिन् । उनी तीन पटक मार्तडी पुगिन् । श्रीमानले होटलमा बस्न समेत दिएनन् । सुरक्षित आवास गृह (सेफ हाउस) मा समेत लुकेर बस्नु परेको विगत सम्झन्छिन् रोकाया ।

पर पुरुषसँगको सम्बन्धका कारण पेट बोकेकी बुढीगंगा नगरपालिकाकी शान्ता विक (नाम परिर्वतन) गाउँ निकाला हुन लाग्दा सेफ हाउसमै आएर बसिन् । तीन सन्तानसहित खान बस्नको सुविधा पाइन् र पछि न्याय पाएर घर फर्किन् । घरपरिवार भन्दा पनि नजिकको सहाराका रुपमा सेफ हाउसले काम गर्ने गरेको उनी सम्झन्छिन् ।

सुरक्षित आवास गृह जिल्लामा २०७३ जेठबाट सञ्चालनमा छ । मनोविमर्शकर्ता सहित सहजकर्ता पनि कार्यरत छन् । उनीहरूले कमलाको श्रीमानलाई बोलाएर सहजिकरण गरे । लगातार हप्तादिन दुबैलाई सँगै राखेर सम्झाईयो र समस्या बारे दुबैलाई खुलेर कुरा गर्न दिएपछि प्रहरीमा उजुरी दिन आएकी कमला निजलाई नै रोज्न पुगिन् ।

घर छोड्न दबाब दिँदै आएका श्रीमान पनि कमलालाई नै श्रीमति मान्न तयार भए । हाल कमलाको परिवारमा कहिल्यै विवाद नहुने गरेको सुरक्षित आवास गहृका मनोविमर्शकर्ता सन्तोशी थापाले बताइन् ।

न्यायका लागि आउने महिलाहरूको पहिलो सम्पर्क सेफ हाउस हुने गरेको छ । आउँन जान देखि खान बस्नको व्यवस्था भए पनि हिंसा लुकाएर बस्नेको संख्यामा पनि कमि भएको छ । 

दुई वर्षको अवधीमा ६५ वटा घटना सेफ हाउसमा दर्ता भएका छन् । हिंसाको सिकार बनेर आएका महिलाहरूलाई ७ दिनसम्म खान बस्न र उपचारका लागि पनि सेफ हाउसमै व्यवस्था मिलाइएको महिला अधिकार मञ्चका अध्यक्ष रुक्मीणी शाहले बताइन् ।

आएका घटना मध्ये ३१ वटा घरेलु हिंसा, २० बहुविवाह, ५ बाल विवाह, ६ जबरजस्ती करणी छन् । ती मध्ये ३७ वटा कानुनी उपचारका लागि प्रहरीमा पठाइएको र ५४ वटा मेलमिलाप गरेर पठाइएको कार्यालय सम्पर्क व्यक्ति समेत रहेकी मनोविमर्शकर्ता सन्तोषी थापाले बताइन् ।

कानुनी उपचारका लागि पठाइएका मध्ये ६ वटाको मुद्दा चलिरहेको छ । ६ वटाको फैसला भइसकेको छ । ९ वटा स्वास्थ्य उपचार सेवा र २ जनालाई आय आर्जनका लागि अनुदान सहयोग समेत गरिएको सिता विकले बताइन् ।

न्यायका लागि आउने महिलाहरूको पहिलो सम्पर्क सेफ हाउस हुने गरेको छ । आउँन जान देखि खान बस्नको व्यवस्था भए पनि हिंसा लुकाएर बस्नेको संख्यामा पनि कमि भएको छ । हिंसा प्रभावित महिलाहरूले न्यायका लागि मार्तडी आउनेक्रम बढेको महिला विकास अधिकृत कमला शाहीले बताइन् ।

मदिरा सेवनकै कारण हुने घरेलु हिंसाका घटनामा कमी आए पनि पारिवारिक हिंसा, बाल विवाह, बहुविवाहका घटनाहरू आउने क्रम बढेको प्रहरी निरीक्षक जगदिसप्रसाद भट्टले बताए । उजुरी प्रहरीमा आउनु पूर्व सेफ हाउसमा आउने गरेको भट्टको भनाइ छ ।

सबै कुरा खुलेर गर्न मिल्ने र खान बस्नका लागि सुरक्षा हुने भएकोले सुरक्षित आवास गृह सञ्चालनमा आएपछि न्यायका लागि डेढ वर्षको अवधीमा ६५ वटा घटना दर्ता भएको भट्टले बताए ।

सेफहाउस सञ्चालनका लागि युएनएफपीएको सहयोग रहेको छ । तीन जना कर्मचारी सहित प्रभावित र निजको संरक्षकलाई खान बस्नको व्यवस्था गरिएको छ । उनीहरूलाई स्वास्थ्य उपचार, आवतजावत र कानुनी परामर्श खर्चका लागि पीसविन आस्था परियोजना, महिला तथा बालबालिका कार्यालयले पनि सहयोग गर्ने गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: