हिंसा विरुद्ध जोडी हाजिरी जवाफ


प्रकाशित मिति :2017-12-04 10:54:53

-शान्ता कमली-

लमजुङ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा पूर्वी लमजुङको राइनस नगरपालिका धमिलीकुवामा जोडी हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । श्रीमान् र श्रीमतीबिचको सम्बन्धलाई सुमधुर र बलियो बनाउने उद्देश्यले धमिलीकुवामा जोडी हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय लमजुङले जनाएको छ । हाजिरी जवाफ प्रतियोगितामा १४ जोडीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा गोमा हटुवाल र तर्कबहादुर हटुवालको जोडी पहिलो, विना पाण्डे र तुलसीराम पाण्डको जोडी दोस्रो, भगवती पाण्डे र यादवराज पाण्डेको जोडी तेस्रो र लुरीमयाँ विक र टुकमान बिकको जोडी सान्त्वना भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने जोडीलाई करुवा, गम्सा र प्रमाणपत्र प्रदान गरिएको छ ।

महिला तथा बालबालिका कार्यालय लमजुङका महिला विकास अधिकृत विष्णुमाया पौडेलले श्रीमान र श्रीमती सँगै बस्न लजाउने परिपाटीको अन्त्य गर्न प्रतियोगिताको आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘कार्यक्रमले श्रीमान् र श्रीमतिबिचको सम्बन्धलाई सुमधुर र बलियो बनाउन थप टेवा पुग्ने छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: