पीडामा अपाङ्गता भएका महिला


प्रकाशित मिति :2017-12-05 13:12:21

–सन्दिप वि.क–

काठमाडौं । नेपाली समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । अझ त्यसमा पनि अपाङ्गता भएका पुरुषभन्दा महिला बढी पीडित छन् । अपाङ्गता भएकै कारण महिलाहरू घरबाटै निकाला हुने, हेलामा पर्ने, विवाहपछि सम्बन्ध विच्छेद भएका र परिवारजनबाट शारीरिक र मानसिक यातना दिइएका जस्ता थुप्रै घटनाहरू छन् ।

गोरखा मिर्कोटकी ४२ वर्षीया मीरा खड्का अपाङ्गता भएको झण्डै २५ वर्ष हुन लाग्यो । उनी जन्मजात अपाङ्गता भने होइनन् । १७ वर्षको उमेरमा उनी अपाङ्गता हुन पुगिन् ।

गोरखाकै लिगलिग कोटमा १६ वर्षको उमेरमा विवाह गरेकी मिराले विवाहको केही समयपछि परालको भारी बोक्दा खुट्टा मर्कियो । खुट्टा मर्किएपछि उनले नदुख्ने सुई लगाइन् । तर समस्या झन् बल्झियो । अन्त्यमा कम्मर तलको भाग नै चल्न छोड्यो । उनी अपाङ्गता बनिन् ।

अपाङ्गता भएसँगै उनी घरपरिवारबाट अपहेलित हुन पुगिन् । उनका श्रीमानले दोस्रो विवाह पनि गरे । अन्त्यमा आफ्नै श्रीमान र ससुराले काठमाडौं अपाङ्गता केन्द्रमा ल्याएर छोडिदिए । मिराको विवाह दर्ता समेत थिएन । त्यसले गर्दा उनी अंश पाउनबाट समेत वञ्चित भइन् । अहिले उनी काठमाडौंको कलङ्कीमा आफन्त कहाँ बस्दै आएकी छिन् ।

‘अपाङ्गता भएपछि परिवारबाटै अपहेलित हुनुपर्दो रहेछ । अहिले श्रीमान पनि बितिसक्नुभयो अरे । विवाह दर्ता छैन । अंश खोज्न कहाँ जाऊ । कसरी बाँच्ने भइराखेको छ’ उनले भनिन् ।

मिरा जस्तै सिन्धुपाल्चोकको मान्द्रा घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएकी ३४ वर्षीय लाली तामाङको समस्या पनि त्यस्तै छ । पसलको सामान लिन जाँदा १९ वर्षको उमेरमै ट्रक दुर्घटनामा परेर तामाङ अपाङ्ग बनिन् । दुई वर्षपछि श्रीमानले अर्को विवाह गरे । अहिले तामाङको छोरी नै १४ वर्ष पुगिसकेकी छिन् । तर श्रीमानले छोरी र आफूलाई नहेर्ने गरेको उनले दुखेसो पोखिन् ।

उनीसँग विवाह दर्ता त छ तर अंश भने पाउँन सकेकी छैनन् । उनले भनिन् ‘विवाह दर्ता छ श्रीमानले अंश दिएका छैनन् । आफू अपाङ्ग भएकै कारण अंश माग्न जान समेत सकेको छैन । धेरै भो श्रीमानले वेवास्था गरेको पनि ।’

तनहुँको भानु नगरपालिका घर भई हाल काठमाडौं कपन बस्दै आएकी २५ वर्षीया दृष्टिविहीन लक्ष्मी अधिकारीको समस्या पनि उस्तै छ ।

जन्मिदै पूर्ण दृष्टिविहीन लक्ष्मीले २० वर्षको उमेरमा डडेल्धुराका दृष्टिविहीन युवकसँग प्रेम विवाह गरिन् । चार वर्षसम्म लक्ष्मीको दाम्पत्य जीवन सुखमय भयो तर त्यो धेरै समय टिक्न सकेन । श्रीमान लक्ष्मीको सम्पर्क नभएको एक वर्ष पुग्न लाग्यो । लक्ष्मीसँग न विवाह दर्ता छ, नत नागरिकता नै ।

श्रीमानले वेवास्ता गर्न थालेपछि गत साउनमा जिल्ला अदालत काठमाडौंमा सम्वन्ध विच्छेद र अंश दिलाई पाउँ भन्दै मुद्धा दर्ता गराएको उनले बताइन् । लक्ष्मीले भनिन् ‘श्रीमान एकाएक परिवर्तन भए । अहिले सम्पर्कमा छैनन् । अदालतले यही मंसिरको २७ गते डाकेको छ । हेरौँ के फैँसला गर्छ ।’ लक्ष्मी अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् ।

अपाङ्गता भएकै कारण घरपरिवारबाटै शारीरिक र मानसिक हिंसा खेप्न बाध्य महिलाहरूको संख्या ठूलो छ । अपाङ्गता भएकै कारण उनीहरूले नागरिकता, विवाह दर्ता लगायतका समस्या पनि भोग्ने गरेका छन् ।

नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले  अपाङ्गता भएका महिलाहरूले नागरिकता, विवाह दर्ता सहजै नपाउने गरेको उनले बताइन् । उनी भन्छिन् ‘अपाङ्गता भएका महिलालाई परिवारले खान, लगाउन दिएकै छ । विवाह दर्ता, नागरिकता किन दिन पर्यो भन्ने सोच छ । जसले उनीहरू आफ्नो अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था छ ।’

धितालले अपाङ्गता भएका महिलालाई घरभित्र नै मूल्यविहीन काममा लगाएर श्रम शोषण गर्ने, शारीरिक र मानसिक यातना दिने, अपमानजनक शब्दको प्रयोग गर्ने, यौनिक हिंसा गर्ने र पैतृक सम्पत्तिबाट वञ्चित गर्ने अवस्था अहिले पनि रहेको बताइन् ।

एक अध्ययनका अनुसार नेपालमा अपाङ्गता भएका महिलामाथि शारीरिक हिंसा ८० प्रतिशत, यौनजन्य हिंसा ५० प्रतिशत, घरेलु हिंसा ६० प्रतिशत, गालीगलोज ३० प्रतिशत हुने तथ्यांक छ । त्यसैगरी अनुसन्धानकर्ता नीति अर्याल खनालको २००४ मा गरेको अध्ययन प्रतिवेदनअनुसार दृष्टिविहीन महिला दृष्टियुक्त व्यक्ति र दृष्टिविहीन पुरुषबाटै यौनजन्य हिंसाको उच्च जोखिममा पर्ने गरेको उल्लेख गरिएको छ ।

नेपाल अपाङ्ग महिला संघमा २०१६-२०१७ मा अपाङ्गता भएका महिलामाथि भएका हिंसाका घटनाका २५ उजुरी दर्ता भएका छन् । जस मध्ये १७ बलात्कार, पाँचवटा घरेलु हिंसा, दुईवटा नागरिकताको सवालसम्बन्धी र एउटा बलात्कारको प्रयासका घटना छन् । ८ बलात्कारका मुद्दामा पीडकले जेल सजाय पाएर मुद्दा चलिरहेका छन् । पाँचवटा बलात्कारका मुद्दा फैसला भई पीडकले चारवटा मुद्दामा पाँच वर्षको र एउटामा १२ वर्षको सजाय भई क्षतिपूर्ति पाएको संघले जनाएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघकी उपाध्यक्ष टिका दाहालले अपाङ्गता भएका महिलाहरूलाई पुरुषहरूले आफ्नो इच्छा पुरा भएपछि वेवास्ता गर्ने गरेका धेरै घटनाहरू भएको बताइन् ।

उनले विवाहपछि स्पाइनर इन्जुरी भएका महिलाहरूलाई आफ्नो घर अपाङ्मैत्री नहुँदा सम्वन्ध विच्छेद गर्ने, हेला गर्ने, श्रीमानले अर्को विवाह गर्ने लगायतका धेरै समस्याहरू हुने गरेको बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: