कविता नियमित स्कुल जान थालिन्


प्रकाशित मिति :2017-12-05 14:11:07

-रमेश रावल-

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–४ कालिका माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत कविता बिकले आर्थिक सहयोग पाएपछि नियमित स्कुल जान थालेकी छन् । आर्थिक अवस्था कमजोर भएकी कवितालाई सेभ द चिड्रेनको सहयोगमा भिडिसेफ नेपालले आर्थिक सहयोग गरेपछि कविताले नियमित विद्यालय जान पाएकी हुन् ।

गरिब परिवारमा जन्मिएकी कवितालाई विद्यालय पढ्नका लागि कापी किताव, कलम र विद्यालयको पोसाकको समस्या भएका कारणले उनलाई पढ्न जान समस्या भएको थियो ।

विद्यालयमा पढ्न जानलाई कापी किताव, कलम र पोसाक पाएपछि विद्यालय जान सजिलो भएको कविताले बताइन् । ‘घरमा आर्थिक समस्या थियो । कापी, कलम, स्कुलमा लगाउने पोसाक नै थिएन । त्यसैले विद्यालय छोडिसकेकी थिएँ ।’ उनले भनिन्, ‘सहयोग पाएपछि दिनदिनै स्कुल गइरहेकी छु ।’

मजदुरीका क्रममा भारतमा काम गर्ने बुबाको केदारनाथमा मृत्यु भएपछि परिवारको पैसा आउँने कुनै बाटो नहुँदा पढ्न समस्या भएको उनले बताइन् ।

सामान्य भएपनि आर्थिक सहयोग पाएका कारण अहिले कापी किताव, कलम, स्कुल ड्रेस पाएर नियमित स्कुल जान आफूलाई सजिलो भएको कविताले बताइन् । उनले भनिन्, ‘स्कुल पढ्ने रहर केही भए पनि पुरा भएको छ ।’

घरमा बुबाको मृत्युपछि आमा, बाजे र साना साना भाइबहिनी रहेका र उनीको लालनपालनका लागि पनि आफूलाई समस्या भएको कविता बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: