हजुरआमाको बसीवियाँलो


प्रकाशित मिति :2017-12-05 14:37:36

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखा गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरीकी ८० बर्षीया हजुरआमा कोपिला गुरुङको दैनिकी अहिले राडी (भेडाको उनको विछ्यौना) बुनेर बित्ने गरेको छ । ‘बुढेसकालमा यसो बसीवियाँलो पनि हुने, घर खर्चको लागि धेरथोर सहयोग पनि पुग्ने भएकोले म त दिनभरी राडी बुनेर बस्छु’ कोपिला गुरुङले भनिन् ।

दोस्रो उद्योग दिवसको अवसरमा घरेलु तथा सानो उद्योग विकास समिति मुख्य शाखा कार्यालय दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको घरेलु उत्पादनको प्रदर्शनीमा आफूले बुनेको राडी बिक्रि गर्न आफै आएकी कोपिलाले भनिन्, ‘हात खुट्टा लागुन्जेल काम गर्ने त हो नी । काम गर्दा मन पनि बहलिन्छ, छोरा बुहारीलाई सहयोग पनि मिल्छ । त्यसैले दिनभरी राडी बुनेर बस्छु ।’

जेष्ठ नागरिक कोपिलाले बुनेको राडीको ३ देखि ५ हजारसम्म मुल्य पर्दछ । ‘मेहनत अनुसार त कहाँ पैसा आउछ र ?’ उनले भनिन्, ‘एउटा राडी तयार पार्न १५ दिनसम्म लाग्छ, मूल्य आउछ बढीमा ५ हजार । एउटा राडी बुन्न ५ किलोसम्म भेडाको उन लाग्छ ।’ भेडाको उन किलोको २÷३ सयमा किनेर ल्याई राडी बुन्ने गरेको गुरुङको भनाइ छ ।

दुःख गरेर राडी बुन्यो बिक्रि गर्नै मुश्किल । उहिलेको जस्तो मानिसले राडी नरुचाउने भएकोले पनि बिक्रिमा समस्या भएको गुरुङको बुझाइ छ । ‘अब त मानिसहरू थरी थरीको गलैचा नै राख्छन्’ गुरुङले भनिन्, ‘अनि किन किन्थे र राडी ।

घरमा आफूसँगै छोरा बुहारीले पनि राडी बुन्ने गरेको र यसको बिक्रिबाट नातीनातीनी पढाउन र घर खर्चमा केहि सहयोग हुने गरेको गुरुङ बताउँछिन् । ‘घरेलु उत्पादनलाई सरकारले नै सहयोग गरिदिए मेहेनत अनुसारको फल मिल्न सक्थ्यो की !’ उनले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: