भारी मतले कमलाको जित


प्रकाशित मिति :2017-12-08 10:09:21

-महिला खबर-

रुकुम । संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका भारी मतले विजयी भएकी छिन् । रोका प्रतिनिधिसभा सदस्यमा एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् ।

हिजो साँझबाट सुरु भएको मतगणना अनुसार जिल्लामा प्रतिनिधिसभा सदस्यमा विजयी रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन् ।

कुल मतदाता २७ हजार ९ सय २८ रहेको रुकुम पुर्वमा रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरेकी छन् ।

रोकाको जितपछि अहिले सदरमुकाम रुकुमकोटमा वाम गठबन्धनका कार्यकर्ताहरू विजय उत्सव मनाइरहेका छन् ।

रुकुमकी पहिलो छापामार महिला भन्छिन् ‘चुनाव जित्ने पक्का होे’

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: