प्रतिनिधि र प्रदेशसभा सदस्यमा विजयी यी हुन्, महिला उम्मेदवार


प्रकाशित मिति :2017-12-08 17:09:23

-महिला खबर-

काठमाडौं । हालसम्मकाे  मत परिणाम अनुसार  संयुक्त बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका तीन महिला विजयी भएका छन् ।

 विजयी हुनेमा रुकुम पुर्वमा नेकपा माओवादी केन्द्रकी कमला रोका,म्याग्दीको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार नरदेवी पुन मगर र बझाङकाे प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रकी देवकी मल्ल थापा विजयी भएका हुन् ।

 रोका प्रतिनिधिसभा सदस्यमा एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् ।

हिजो साँझबाट सुरु भएको मतगणना अनुसार जिल्लामा प्रतिनिधिसभा सदस्यमा विजयी रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन् ।

कुल मतदाता २७ हजार ९ सय २८ रहेको रुकुम पुर्वमा रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरेकी छन् ।

त्यस्तै  म्याग्दीको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार नरदेवी पुन मगर विजयी भएकी छन् । संयुक्त वाम गठबन्धनकी उम्मेदवार एमालेकी पुनले १० हजार ८६८ मत ल्याएर विजय हासिल गरेकी छन् । कांग्रेसका अमलाल फगामी पुनले सात हजार ९९० मत प्राप्त गरेका छन् ।

विजयी हुनेमा  प्रदेशसभा ‘ख’ बाट  माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल थापा विजयी भएकी छन् ।

अन्तिम  मत परिणाम अनुसार देवकीले १६ हजार ७ सय ४३  मत ल्याएर विजय हासिल गरेकी छन् ।  नेपाली काँग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत पाएका छन् । देवकी २ हजार ५ सय १ मतले सिंहलाई पछि पार्दै  जित हात पारिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: