विभेद र बहिष्करणमा परेकाको उत्थान गर्नुपर्छः राष्ट्रपति भण्डारी


प्रकाशित मिति :2017-12-09 18:06:54

-महिला खबर –

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नागरिक अधिकारमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षण गरेकाले हिमाल, पहाड, तराई सबै क्षेत्रका जनताले सम्मानित भएर बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताएकी छिन् ।

उनान्सत्तरिऔँ मानवअधिकार दिवस २०१७ तथा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलालाई शनिबार यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मानवअधिकार क्षेत्रका उपलब्धि हुँदा पनि मानवअधिकार उल्लङ्घन भएको भन्दै त्यसको विशेष अध्ययन अनुसन्धान हुनुपर्ने बताइन् ।
यस्तै भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्नुपर्ने भन्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताइन् ।

उनले शुद्ध खानेपानी, स्वच्छ वातारण र खाद्य सुरक्षा हुनुपर्नेमा जोड दिदैँ खाद्यान्नमा मिसावटले मानव स्वास्थ्यमा असरको परेको बताइन् । संविधानले बहुदलीय लोकतान्त्रिक प्रणाली, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र तथा सक्षम न्यायपालिका, कानुनी राज्य तथा मानवअधिकार प्रत्याभूत गरेको बताइन् । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन दक्षिण एशियाकै उत्कृष्ट भएको बताए ।
उत्कृष्ट संविधान हुँदैमा समाजका सबै तहका जनताको सम्बोधन नहुने नहुने भन्दै शर्माले संविधानको सफल कार्यान्वयन गरेर समाजमा रहेका कुण्ठा तथा विभेदको अन्त्य गर्नुपर्ने बताए ।

मानवअधिकारवादी चाँदनी शाह, चरण प्रसाईं, गैरसरकारी संस्थाका अध्यक्ष गोपाल लम्साल र संकल्पका अध्यक्ष तथा आयोजक समितिका संयोजक लिली थापाले मानवअधिकारको रक्षामा सबैको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा अपांगता अधिकारका क्षेत्रमा क्रियाशील रमा ढकाललाई ‘महिला मानवअधिकार वर्ष सम्मान २०७४’ले सम्मान गरिएको थियो । ढकाललाई रु १५ हजार राशिसहित सो सम्मान प्रदान गरिएको हो । एकल महिलाको अधिकारका क्षेत्रमा सक्रिय वेद अवस्थी र गोमा वस्याललाई संकल्प शान्ति संवाहक पुरस्कारस्वरुप जनही रु १२ हजार ५०० प्रदान गरिएको छ ।

शनिबारबाट सुरु भएको महाभेला २५ गतेसम्म चल्नेछ । तीन दिने महाभेलामा महिला र युवसँग जोडिएका विषयमा सरोकारवाला पक्षसंग गहन छलफल गरि निकालिने निचोड सरकारलाई दिइनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: