कुमारी मोक्तान भारी मतले विजयी


प्रकाशित मिति :2017-12-09 21:28:33

-महिला खबर-

काठमाडौं । मकवानपुरमा वाम गठबन्धनकी प्रदेशसभा उम्मेदवार कुमारी मोक्तान भारी मतले विजयी भएकी छिन् ।  प्रदेशसभा क्षेत्र नं १ को (क) की उम्मेदवार मोक्तानले निकटतम प्रतिद्वन्द्वीभन्दा दुई हजार ९९६ मत बढी ल्याई विजय भएकी हुन् । उनले २७ हजार १३२ मत ल्याएकी थिइन्, भने लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटाले १४ हजार १३६ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा जम्मा मत ४६ हजार ४२९ खसेको थियोे । नेकपा (माओवादी केन्द्र) की इञ्चार्जसमेत रहेकी मोक्तानले अहिलेसम्म मकवानपुरमा विजयी भएका अन्य उम्मेदवारभन्दा भारी मतले विजयी भएर इतिहास रचेकी हुन् ।
यसअधि ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल,  रुकुम पुर्वमा नेकपा माओवादी केन्द्रकी कमला रोका, म्याग्दीको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार नरदेवी पुन मगर र बझाङको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रकी देवकी मल्ल थापा विजयी भइसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: