आठ महिलाको जित, (हेर्नुहोस् नामसहित)


प्रकाशित मिति :2017-12-10 12:40:31

-खेमा बस्नेत-

काठमाडौं । हालसम्मको मत परिणाम अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा आठ जना महिला विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका दुई र प्रदेशसभा सदस्यमा छ जना महिला विजयी भएका छन् ।

पहिलो चरणमा निर्वाचन भएको रुकुम पूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । वाम गठबन्धन बाट माओवादी केन्द्रकी उम्मेदवार रोकाले १० हजार ४ हजार ३४ मत ल्याएर विजयी भएकी हुन् ।

दोस्रो चरणमा वाम गठबन्धबाट उम्मेदवार बनेकी पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकी छन् ।
माओवादी केन्द्रकी नेता भुसालले २४ हजार ३७ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका मदन अमात्यलाई १ हजार ७ सय ७ मतले पराजित गरेकी हुन् ।  अमात्यले २२ हजार ३ सय २९ मत ल्याएका छन् ।

प्रदेशसभा सदस्यमा छ महिला विजयी

प्रदेश सभा सदस्यमा छ जना महिला विजयी भएका छन् । पहिलो चरणको निर्वाचनमा म्याग्दीको प्रदेशसभा ‘ख’ बाट एमाले उम्मेदवार नरदेवी पुन मगर विजयी भएकी छन् । संयुक्त वाम गठबन्धनकी उम्मेदवार एमालेकी पुनले १० हजार ८ सय ६८ मत ल्याएर विजय हात पारिन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामी पुनले सात हजार ९ सय ९० मत प्राप्त गरेका छन् ।

यस्तै बझाङ प्रदेशसभा ‘ख’ बाट माओवादी केन्द्रकी उम्मेदवार देवकी मल्ल थापा विजयी भएकी छन् ।

देवकीले १६ हजार ७ सय ४३ मत ल्याएर विजय हासिल गरेकी हुन् । नेपाली काँग्रेसका उम्मेदवार नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत पाएका छन् ।

मकवानपुर प्रदेशसभा क्षेत्र नं १ को (क) बाट उम्मेदवार कुमारी मोक्तानले निकटतम प्रतिद्वन्द्वी भन्दा १२ हजार ९ सय ९६ मत बढी ल्याई विजय भएकी हुन् । उनले २७ हजार १ सय ३२ मत प्राप्त गरेकी छन् । लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटाले १४ हजार १ सय ३६ मत प्राप्त गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ मा एमालेकी रमा आलेमगर विजयी भएकी छन् । उनले ९ हजार ९ सय ३ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार धर्मनन्द्र श्रेष्ठले ७ हजार १७ मत प्राप्त गरे ।

उदयपुर क्षेत्र नं.२ (ख) प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार कला घले विजयी भएकी छन् । घलेले १३ हजार ४ सय ५९ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रामकुमार खत्रीले ८ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् । घलेले ४ हजार ४ सय ८४ को मतअन्तरले विजय हात पारिन् ।

ललितपुर क्षेत्र नं. १ को (क) को प्रदेशसभा सदस्यमा लालकुमारी पुन विजयी भएकी छिन् । उनी १२ हजार ८४१ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटम् प्रतिस्पर्धी कांग्रेसका ऋषिराम घिमिरेलार्इ २ हजार ७३६ मत अन्तरले पराजित गरिन् । घिमिरेले १० हजार १ सय ५ मत पाएक छन् ।

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिला चुनावी उम्मेदवार थिए । जसमा प्रतिनिधि सभातर्फ १६ र प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट तीन जना महिला उम्मेदवार थिए ।

त्यसैगरी प्रदेशसभातर्फ चुनावी मैदानमा रहेका २० जना महिला मध्ये छ जना महिला ठुला दलबाट छन् । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ सय ३० र प्रदेशतर्फ २ सय २० महिला उम्मेदवार छन् ।

अहिलेसम्मको चुनावी परिणाम अनुसार विजयी हुने सबै महिलाहरु वाम गठबन्धनका उम्मेदवार हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: