हिंसा विरुद्ध खबर गरौं ‘११४५’ मा


महिलालाई न्याय दिने विषय संवेदनशिलः मन्त्री थापा

प्रकाशित मिति :2017-12-10 15:43:00

–महिला खबर–

काठमाडौं । कुनै पनि महिला लैंगिक हिंसामा परेमा अबदेखि ‘११४५’ मा उजुरी दिन सकिने भएको छ । महिला आयोगले आइतबारदेखि यस्तो निःशुल्क हेल्पलाईन सेवा ल्याएको हो । हेल्पलाईनको महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले विधिवत् रुपमा उद्घाटन गरेका छन् ।

मन्त्री थापाले महिला तथा बालबालिकाको अधिकारको लागि सरकार दत्तचित्त रहेको भन्दै हिंसामा परेका महिलालाई कसरी न्याय दिन सकिन्छ भन्ने कुरामा ध्यान दिन आग्रह गरे ।

उनले भने, ‘हिंसामा परेका महिलालाई कसरी न्याय दिन सकिन्छ भन्ने कुरामा संवेदनशिल हुनुपर्छ । महिला हिंसा विरुद्ध सजग हुनुपर्छ । ’

मन्त्री थापाले विद्यालय, नागरिक समाज, क्लव लगायत टोलटोलमा महिला हिंसा सम्वन्धि सचेतना जगाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

महिला बालबालिका तथा समाज मन्त्रालयका सचिव महेन्द्र प्रसाद उपाध्यायले महिलामाथि हुने हिंसालाई चेतनाको माध्यमबाट उजार गर्नुपर्ने बताए । महिलामाथि हुने शारीरिक, मानसिक हिंसाले मानवअधिकारलाई समेत अवरोध गर्ने सचिव उपाध्ययले बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीले मानव अधिकारका कुरा गर्दा महिलाको अधिकारलाई विर्सन नहुने बताइन् ।

सर्वोच्च अदालतकी न्यायाधिश सपना प्रधान मल्लले जब हिंसा हुन्छ तब न्यायको कुरा ओझेलमा पर्ने र पीडाको विश्लेषण र मूल्याङ्कन नहुने गरेको बताइन् ।

उनले संविधानले नै जीवन सुरक्षाको हकको व्यवस्था गरेको भन्दै महिलालाई परिपूर्ण सहितको न्यायको आवश्यकता रहेको बताइन् ।

महिला विज्ञ चाँदनी जोशीले पछिल्लो समय महिला हिंसा क्यान्सर जसरी फैलिएको बताइन् । उनले हिंसा नियन्त्रण गर्न सरकार र गैरसरकारी संस्थाको मात्र दायित्व नसम्झि सबै एक जुट भएर लाग्नुपर्ने बताइन् ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले महिलाहरू गर्भदेखि मृत्यु नहुन्जेलसम्म हिंसामा पर्ने गरेको बताइन् ।

उनले हिंसाको आयाम, प्रवृति र स्वरुपमा परिवर्तन आएको भन्दै अन्त्य गर्न महिला, पुरुष, युवा सबैको भूमिका महत्वपूर्ण रहने बताइन् ।

वल्र्ड बैंकका कन्ट्रि डाइरेक्टर यकुयाटा माकोले महिलाहरू आर्थिक रुपले सवल हुँदा हिंसाका घटना कम हुने बताए ।

महिला आयोगले वल्र्ड बैंकको सहयोगमा पाइलटिङको रुपमा काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट सञ्चालन महिला आयोगका सचिव तुलसीराम सेढाइले बताए । अन्य देशभरका हिंसाका घटनालाई समेत व्यवस्थापन गर्ने उनले बताए ।

के हो ‘११४५’

लैंगिकतामा आधारित हिंसा भएको अवस्थामा टेलिफोन मार्फत तत्कालै निःशुल्क रुपमा प्राप्त हुने सेवा हो ।

जुनसुकै फोनबाट पनि यो फोनमा कल गर्दा पैसाँ लाग्दैन् । यो सेवा २४ सै घण्टा, हप्ताको सातै दिन उपलब्ध हुन्छ । यसमा एसएमएसबाट पनि खबर गर्न सकिनेछ । यसको वेबसाइट www.nwchelpline.gov.np वा फेसबुक पेजमा पनि सम्पर्क गर्न सकिन्छ ।

कसले खबर गर्ने ?

यसमा स्वयं पीडित, पीडितको आफन्त वा साथी, हिंसाका घटना घटेको देख्ने वा सुन्ने व्यक्तिले, हिंसाका घटना घट्न सक्छ भनेर थाहा पाउने व्यक्तिले, लैंगिक हिंसा न्यूनिकरण तथा रोकथाम सम्बन्धी काम गर्ने संघ–संस्थाहरूले र अन्य जुनसकै व्यक्तिले पनि खबर गर्न सक्नेछन् । अथवा सम्वन्धित व्यक्तिले महिला आयोगमै आएर उजुरी दिन सक्नेछन् ।

के–कस्ता सहयोग प्राप्त हुन्छ ?

यदी कुनै महिला हिंसामा परेको उजुरी भएमा कानूनी सहयोग, मनोसामाजिक परामर्श, सुरक्षित बास, प्रहरी सहयोग, बालबालिकालाई विशेष सेवा स्वास्थ्य उपचार तथा सेवा दिइने सम्बोधन परियोजनाकी व्यवस्थापक पलिता थापाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: