मदिरा विरुद्ध सर्वोच्चमा रिट, महिला हिंसालाई प्रश्रय दिएको ठहर


प्रकाशित मिति :2017-12-10 16:00:54

–महिला खबर–

काठमाडौं । मदिराको गैरकानूनी उत्पादन तथा विक्रि वितरणले लैंगिक हिंसा बढाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मदिराको गैरकानूनी उत्पादन तथा विक्रि वितरणले लैंगिक हिंसा बढाएको र मदिराको विज्ञापनमार्फत महिलालाई भोग्य वस्तुको रुपमा प्रस्तुत गर्ने पद्दति समेत बढेको भन्दै रिट निवेदन दर्ता भएको हो ।

लैंगिकजन्य हिंसा, घरेलु हिंसा रोकथाम तथा अन्त्यका लागि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन तथा कानूनमा आवश्यक संशोधन एवं नयाँ कानून निर्माणका लागि विपक्षीलाई जवाफदेही बनाउन रिट जारी गर्नुपर्ने आवश्यकता देखिएपछि रिट दर्ता गरिएको निवेदकको तर्क छ ।

न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल)को तर्फबाट अधिवक्ताद्धय विष्णुप्रसाद पोखे्रल तथा शशी बस्नेतले आज उक्त रिट दर्ता गरेका हुन् । निवेदनमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं समेत गरी ६ जनालाई विपक्षी बनाइएको छ ।

निवेदनमा थप यस्तो भनिएको छ,

सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्नको लागि मदिराको उत्पादन, बिक्री वितरण र निकासी पैठारी समेतमा नियन्त्रण गर्ने उदेश्यले “मदिरा ऐन २०३१,” तथा “मदिरा नियमहरू २०३३” लागु भएका छन् ।

मदिरा बिक्री वितरण सम्बन्धी व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न “मदिरा बिक्री वितरण नियमन निर्देशिका, २०६५” समेत जारी भएको छ । कागजीरुपमा प्रगति भएको देखिए पनि मदिरा ऐन लागु भएको करिव ४२ बर्ष हँुदासम्म पनि यसको उत्पादन, बिक्री वितरण र निकासी पैठारी समेतमा नियन्त्रण हुन सकेको छैन । साथै होटेल व्यवस्था तथा मदिराको बिक्रि वितरण (नियन्त्रण) ऐन, २०२३ मा समेत मदिराको जथाभावी विक्रि वितरणबाट जनमानसमा पर्नजाने प्रभाव नियन्त्रणका कानूनी प्रावधानहरू छन् । यस ऐनको दफा ३ मा तोकिएको समय बाहेकेक मदिरा बिक्रि वितरण र सेवनमा प्रतिवन्ध लगाएको छ ।

राष्ट्रियस्तरका केही दैनिक पत्रिकाले छापेको ‘जिंक भोड्का’ को विज्ञापनमा निलो चलचित्रको नायिकालाई मोडलको रुपमा प्रयोग गरिएको छ । जसमा महिलालाई अर्धनग्नरुपमा प्रस्तुत गरी “Get Sexy” भनि उल्लेख गरेको लगाएतका विभिन्न भ्रामक तथा महिला हिंसालाई प्रश्रय दिने खालका बिज्ञापनहरू प्रशारण तथा प्रचारप्रसार गरेको देखिन्छ ।

ऐनको दफा ७ मा १६ बर्ष मुनिका नावालकलाई मदिरा बेच्न नहुने तथा दफा ८ मा नेपाल सरकारले आवश्यक ठानेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनैपनि क्षेत्रमा मदिरा बेच्न र खुुवाउन निषेध गर्नसक्ने व्यवस्था छ ।

त्यसैगरी मदिरा नियमहरू २०३३ को नियम ११ ले अन्तःशुल्क अधिकारीले मनाही गरेको स्थान वा पसलमा मदिराको बिक्री वितरण गर्न पाउने छैन भनि उल्लेख गरेको छ । यस ऐन तथा नियमहरूले मदिरा निशेधित क्षेत्र (Dryplace) तोक्नसक्ने अधिकार नेपेपाल सरकार वा सम्वन्धित अधिकारीलाई दिएको भएतापनि उक्त व्यवस्थाको व्यवहारिक कार्यान्वयनमा आउन सकेको छैैन ।

मदिराको खुल्लमखुल्ला उत्पादन एवं बिक्रि वितरण तथा यसको जथाभावी सेवनबाट एकातर्फ लैंगिक हिंसाजन्य घटनामा बढोत्तरी भएको छ भने अर्कोतर्फ विभिन्न होडिङ बोर्ड, पोष्टर, पम्प्लेट टास्ने तथा दैनिक तथा साप्ताहिक पत्र पत्रिका र अन्य सञ्चार माध्यमहरूमार्फत मदिरा तथा मदिराजन्य पदार्थको विज्ञापन प्रचारप्रशार तथा प्रकाशन गराई महिलालाई कामुक एवं अश्लिल रुपमा चित्रण गरेको पाईन्छ । यस्ता विज्ञापनमार्फत महिलाको शरीर र निजको पहिरनलाई गलत तरिकाबाट प्रस्तुत गरी भोग्य बस्तुको रुपमा देखाउने गरिएको पाइन्छ ।

उदाहरणको रुपमा राष्ट्रियस्तरका केही दैनिक पत्रिकाले छापेको ‘जिंक भोड्का’ को विज्ञापनमा निलो चलचित्रको नायिकालाई मोडलको रुपमा प्रयोग गरिएको छ । जसमा महिलालाई अर्धनग्नरुपमा प्रस्तुत गरी “Get Sexy” भनि उल्लेख गरेको लगाएतका विभिन्न भ्रामक तथा महिला हिंसालाई प्रश्रय दिने खालका बिज्ञापनहरू प्रशारण तथा प्रचारप्रसार गरेको देखिन्छ ।

मदिरा र महिलाको अर्धनग्न शरीरको विज्ञापनहरू पत्रपत्रिका, टेलिभिजन तथा होडिङ्ग बोर्ड लगायत मार्फत प्रकाशन, प्रशारण तथा प्रदर्शन गर्दा महिलालाई यौन बस्तुको रुपमा चित्रण गरिएको देखिन्छ । यस्ता विज्ञापनले किशोर तथा बालकहरूमा मदिरा सेवन गरेपछि महिलाको शरीरलाई पुरुषले नियन्त्रण गर्नुपर्दछ र गर्न सक्दछ भन्ने नकारात्मक सोचको विकास गर्नमा मद्दत गरेको पाइन्छ । जसले गर्दा थप महिला हिंसालाई प्रश्रय दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: