पश्चिम केन्याका एक महिला समूहले परम्परा र प्रथाको आडमा विधवामाथि गरिने यौन शोषणको विरुद्धमा अभियान चलाइरहेका छन् । यो प्रथा केन्याको धेरै गरिबी भएको विकट ठाउँमा रहेका लुओ जनजाति समुदायमा व्याप्त छ ।
यो प्रथामा महिलाले आफ्नो श्रीमान्को निधनपछि अरु अपरिचित पुरुषसँग “शुद्धिकरणको” लागि यौन सम्पर्क गनुपर्छ । कतिपय ती पुरुषलाई एचआइभी संक्रमण भएको पाइएको छ र उनीहरू सुरक्षित यौन रुचाउँदैनन् ।
पचास वर्षिया आमा र हजूरआमा, पामेलाले, यो प्रथाका कारण आफूले भागेको कथा र श्रीमान् मरेका केन्याली महिलाले कसरी सामाजिक परिवर्तन ल्याउन खोजिरहेका छन् भनेर बिबिसीको भिडियो रिर्पोटमा प्रस्तुत गरिएको छ ।
“त्यहाँको लुओ समुदायमा पुरुषले नै निर्णय गर्छन्। उनीहरूले जे भन्छन् त्यो नै आदेश हुन्छ । “यदि तपाईंले त्यो निर्णय मान्नुभएन भने तपाईंलाई अनुशासनहीन मानिन्छ,” पामेला भन्छिन् ।
महिलालाई श्रीमान् मर्ने बित्तिकै “शुद्ध पार्न” परपुरुषसँग यौन सम्बन्ध राख्न बाध्य पारिन्छ । यी महिला यो प्रथाको विरोध गर्न मोर्चामा प्रवेश गरेका छन् ।
“यस्तो समूहमा आवद्ध हुँदा हामीले एक अर्कालाई सहयोग गर्न सक्छौं । कोे–कोले आफ्ना प्यारा मान्छेहरू यो संसारबाट गुमाउनु परेको रहेछ भन्ने कुरा थाहा पाइन्छ,” पामेला भन्छिन् ।
यो प्रथा तीन दिनसम्म चल्छ ।
“पहिले भूईंमा यौन गरिन्छ। यसरी यो प्रथा शुरु हुन्छ । त्यसपछि लगाएको लुगा भूईंमा राखिन्छ र खाटमा गएर फेरि यौनक्रिया शुरु हुन्छ । विहान आफूले लगाएका लुगाहरू र सुतेको ओछ्यान जलाउनु पर्छ । अनि त्यो पुरुषले महिलाको कपाल खौरिदिन्छ । उसँग चार दिन बिताएपछि ती महिला आफ्ना बा–आमाको घर फर्किन्छिन् । कुखुराको मासु पकाएर त्यो पुरुषसँग खानुपर्छ । त्यसपछि घर सबै सफा गर्नुपर्छ,” पामेला भन्छिन् ।
रोजालिन अर्वाले यो प्रथामा सहभागी हुने गरेका पुरुष र श्रीमान् मरेकाहरूलाई मनोपरामर्श कक्षाहरू संचालन गर्छिन् ।
“यो शुद्धिकरणको नाममा गरिने यौन प्रथामा नियमित सहभागी हुने पुरुषलाई नयाँ शिक्षा दिएर परिवर्तन गराउनु सजिलो छैन,” उनी भन्छिन् ।
“यो लामो नारीवादी आन्दोलनको एक शुरुवात हो, विशेष गरी केन्याका विधवाहरूको लागि । म एउटा सन्तान नभएकी विधवा महिला हुँ । त्यसैले म यस्तो फोरममा आएर आफ्नो विचार राख्न सक्छु । यो प्रथाले महिलाको शोषण गरिरहेको छ । यो बलात्कर हो । यो संस्कारलाई परिवर्तन गर्न सकिन्छ । विधवा र अनाथको संरक्षणको लागि कानून र नीति ल्याउनुपर्छ,” एक एकल महिलाले भनिन् ।
ती पुरुषसँगको कुराकानीको क्रममा उनीले प्याट्रिक नामको व्यत्तिलाई भन्छिन्, “तपाईंलाई एचआइभी संक्रमण भएको छ कि छैन भन्ने थाहा छैन । तपाईं धेरै रक्सी पिउनुहुन्छ । विमारी परेका महिला काहाँपनि जानुहन्छ । तर तपाईंले सुरक्षित यौनकोलागि कुनै साधनकोपनि प्रयोग गर्नुहुन्न । तपाईं सुजान कहाँ जानुभएको थियो । के तपाईंले सुरक्षित यौनकोलागि कुनै साधन प्रयोग गर्नुभएको थियो त ? सुजान अहिले गर्भवती छिन् । बच्चाको भविष्य के ?”
त्यही कुराकानीमा प्याट्रिक बताउँछन् महिलाले शुद्धिकरण गर्न मन नलागेको भनेपनि उनीहरूको भित्री मनमा भने यो प्रथा गर्न मन लागेको हुन्छ । “केही महिलालाई यो प्रथाकोलागि पुरुष खोज्न बाध्य पारिन्छ । यदि उनले खोज्न सकिनन् भने उनको जीवन झन् कष्टपूर्ण हुन्छ । उनलाई शुद्धिकरण गरिनुपर्ने बाध्यता छ । यसो गरिएन भने उनको कतै जाने ठाउँ, बाटो नै हुँदैन । यो उनको अधिकार हो जुन पूरा गरिनुपर्छ,” उनी भन्छन् ।
त्यस्तो काम गर्ने पुरुषले एकचोटिमा २७,००० जति कमाउँछन् ।
“यी शुद्धिकरणमा लाग्ने पुरुष जिम्मेवारी लिने खालका होइनन् । उसले रक्सी, चुरोट खान्छ । उ काम नलाग्ने व्यत्ति हो। उ टुप्लुक्क आइपुग्छ र मरेको श्रीमान्ले महिलालाई छोडेको सम्पत्तिमा आँखा लगाउँछ,” पामेला भन्छिन् । उनलाई यही प्रथाको कारण एचआइभी संक्रमण भयो ।
सन् २०१५ मा त्यहाँको सरकारले यो प्रथालाई गैरकानूनी बनाएको थियो ।
“यो लामो नारीवादी आन्दोलनको एक शुरुवात हो, विशेष गरी केन्याका विधवाहरूको लागि । म एउटा सन्तान नभएकी विधवा महिला हुँ । त्यसैले म यस्तो फोरममा आएर आफ्नो विचार राख्न सक्छु । यो प्रथाले महिलाको शोषण गरिरहेको छ । यो बलात्कर हो । यो संस्कारलाई परिवर्तन गर्न सकिन्छ । विधवा र अनाथको संरक्षणको लागि कानून र नीति ल्याउनुपर्छ,” एक एकल महिलाले भनिन् ।
साभारः– बिबिसी
Comment Here!