कमलाले भनिन्, ‘मैले एउटा चुनौतीपूर्ण यात्रा पुरा गरे’


प्रकाशित मिति :2017-12-11 10:15:07

-खेमा बस्नेत-

काठमाडौं । पहिलो चरणको निर्वाचनमा प्रतिनिधिसभाका लागि वामगठबन्धनबाट उम्मेदवारी पाउने एक्ली महिला उम्मेदवार कमला रोकाले फराकिलो मतान्तरले प्रतिस्पर्धीलाई पराजित गदै विजयी हात पारिन् ।

६ हजार २८ मतको फराकिलो अन्तरले जितेकी रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी थिइन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घती घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका थिए ।

प्रत्यक्ष उम्मेदवार भएर पहिलो पटक चुनावी मैदानमा होमिएकी रोकाको जितको पनि यो पहिलो अनुभव नै हो । तर यो जित आफ्नो नभई रुकुमवासीको जित हो भन्छिन् उनी ।

विजयी भएपछि महिला खबरसँग कुरा गर्दै रोकाले रुकुमवासीले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिइन् । ‘रुकुमवासीले मबाट धेरै आसा गर्नुभएको छ । उहाँहरूले सत्यताको पक्षमा र आफ्नो अधिकारको निम्ती मलाई भोट हालेर जिताउनुभएको छ’ रोकाले भनिन् ।

आफू जुन एजेण्डा लिएर जनताको घरदैलोमा भोट माग्न गएकी थिएँ ती सबै एजेण्डा आगामी पाँच वर्षमा पुरा गर्ने उनले प्रतिवद्धता गरिन् । ‘वाम गठबन्धनका साझा एजेण्डा छन् । रुकुमलाई आगामी पाँच वर्षमा कस्तो विकासको रुप दिने हामीले खाका तयार पारेका छौं । त्यसअनुरुप रुकुम र रुकुमवासीको सपना पुरा गछौं’ रोकाले भनिन् ।

उनले रुकुमका महिलाहरूलाई नीति निमार्ण तहमा ल्याउन पहल गर्ने बताईन् । ‘जबसम्म महिलाहरू नीति निमार्ण तहसम्म पुग्दैन, तबसम्म महिलाले न्याय पाउदैनन् । त्यसकारण उनीहरूलाई त्यस ठाउँमा ल्याउन मैले महत्वपूर्ण कदम चाल्नेछु’ उनले भनिन् ।

रोकाले महिला समानुपातिकका मात्र उम्मेदवार हुन्, उनीहरूले प्रत्यक्षमा जित्न सक्दैन भन्ने मानसिकता चिरेको बताउँछिन् । ‘महिलाहरूले पनि प्रत्यक्षमा मैदानमा गएर जित्न सक्छन् । पैसा र गुण्डा साथमा हुनेले मात्र निर्वाचन जित्छन् भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । भोलीका दिनमा प्रत्यक्षमा लडेर महिलाहरूले जित्छन् भन्ने वातावरण पनि सिर्जना गर्नुछ आगामी दिनमा’ रोकाले भनिन् ।

रुकुमको अशिक्षालाई उन्मुलन गरि शिक्षा र रोजगारीको सिर्जना गर्नु आफ्नो आगामी योजना रहेको उनले बताईन् । ‘संविधानले पैत्रीक सम्पतीमा समान अधिकारको ग्यारेण्टी गरेको छ । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि पहल गर्नेछु’ उनले थपिन्, ‘यहाँका महिलाहरूलाई रोजगारीको सिर्जना गर्न विभिन्न कार्यक्रम ल्याउने छु । र अर्को कुरा महिलाहरूलाई सहज रुपमा स्वास्थ्य उपचार पाउने अधिकारको सुनिश्चित गर्न मेरो पहल रहने छ’ रोकाले भनिन् ।

लामो संघर्षपछि यहाँसम्म आइपुग्दाको यात्रा सहज नभए उनले सुनाइन् । कानुन र संविधानले दिएको समान अधिकार कार्यान्वयन गर्न धेरै गाह्रो हुने आफूले अनुभव गरेको पनि उनले बताइन् ।

‘संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन गर्न धेरै गाह्रो हुँदोरहेछ । मैलै एउटा चुनौतीपूर्ण यात्रा पार गरेको अनुभुती गरेकी छु’ रोकाले भनिन् ।

महिला आन्दोलनकी अगुवा रोका स्कुमकी पहिलो महिला छापामार समेत हुन् । २०६३ सालको पूनस्र्थापित व्यवस्थापिका संसदको सांसद र पहिलो संविधानसभामा सदस्य समेत भएर उनले कार्य गरिसकेकी छन् । त्यस्तै डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले युवा तथा खेलखुद मन्त्रीको जिम्मेवारी समेत निर्वाह गरेको अनुभव छ ।

हाल माओवादी केन्द्रको सचिवालय सदस्य तथा महिला विभागको इन्चार्जको जिम्मेवारी समेत निर्वाह गरिरहेकी कमला भन्छिन्, ‘म गर्न सक्छु भन्ने हिम्मत नबटुलेसम्म महिलाहरू अगाडि बढ्न सक्दैनन् ।’

भारी मतले कमलाको जित

रुकुमकी पहिलो छापामार महिला भन्छिन् ‘चुनाव जित्ने पक्का होे’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: