हिंसा विरुद्धको १६ दिने अभियानमा १४ उजुरी


प्रकाशित मिति :2017-12-11 13:35:14

–विदुर आचार्य–

सिन्धुपाल्चोक । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा जिल्लामा १४ वटा महिला हिंसाका उजुरी परेको छ । नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गर्दै देशभरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । महिला तथा बालबालिका कार्यालय सिन्धुपाल्चोकमा १६ दिनमा घरेलु हिंसाका ९ र लैंगिक हिंसाका ३ वटा उजुरी परेका छन् । दर्ता भएका उजुरीमा जवरजस्ती करणी समेतको घटना रहेको छ ।

कार्यालयमा परेको उजुरी मध्ये ४ वटा जिल्ला अदालतमा पठाइएको, ७ वटा उजुरीमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको र बाँकी ३ वटा उजुरीमा परामर्श प्रदान गरि घर पठाइएको कार्यालयले बताएको । सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे हिंसा विरुद्ध जनचेतना फैलाउन सकेमा महिला माथि हुने हिंसामा कमी आउने बताइन् ।

उनले भनिन् –‘हिंसाबारे हामीले घर, परिवार, विद्यालय र समुदायलाई बुझाउनुपर्छ । र यसको अन्त्यका लागि महिला पुरुष सँगसँगै हातेमालो गर्नुपर्छ । ’

त्यस्तै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन आयोजित कार्यक्रममा बोल्दै अधिवक्ता चन्द्र बस्नेतले महिला हिंसाका उजुरी स्थानीय तहमै दिन सकिने व्यवस्था स्थानीय शासन सञ्चालन ऐन ‘२०७४’ मा उल्लेख भएको बताए ।

उनले भने,–‘स्थानीय शासन सञ्चालन ऐनको दफा ४६ देखि ५३ सम्म स्थानीय तहले गर्ने न्याय सम्पादन बारे लेखिएको छ । ’

सामान्य मानिने हिंसा तथा १ वर्ष भन्दा कम सजाय हुने केही घटनासँगै २५ हजार भन्दा थोरैको लेनदेन सम्बन्धि गाउँपालिकाले हेर्ने तर वोक्सी आरोप लगायतका जघन्य अपराध र फौजदारी मुद्दा भने प्रहरी कार्यालय हुने व्यवस्था रहेको बस्नेतको भनाई छ ।
३५० ले पाए निःशुल्क कानुनी सेवा

आर्थिक अवस्था कमजोर भएका पीडितहरुलाई न्यायमा पहँुच पु¥याउन महिला विकास कार्यालयमा स्थापना गरिएको निःशुल्क कानुनी सहायता कक्ष र न्यायमा पहँुच परियोजना (संञ्चारिका समुह, मानव अधिकार संञ्चार प्रतिष्ठान र न्याय तथा अधिकार संस्थाको संयूक्त कार्यक्रम) ले ३ सय ५० पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको छ ।

निःशुल्क कानुनी सहायता कक्षबाट ४९ मुद्दामा पीडिलाई न्याय दिलाउन सहयोग गरेको छ । अन्य २ सय ५१ उजुरी उपर पारालिगल सहयोग गरेको जनाएको छ । त्यस्तै न्यायमा पहुँच परियोजनाले ३० वटा मुद्दाको अदालती प्रक्रियावाट न्याय प्रदानमा सहयोग गरिरहेको र अन्य उजुरीमा कानुनी सहयोग गरिएको परियोजनाका अधिवक्ता भेषराम ढकालले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: