–महिला खबर–
काठमाडौं । सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा पहिलाे पटक महिला नियुक्त गरेकाे छ ।
सरकारले आज बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी निकितालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।
निकिता लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय छिन् । उनले चलचित्र ‘पर्व’ निमार्ण गरेकी थिइन् ।
सरकारले खुल्ला प्रतिस्पर्धाबाट निकिता नियुक्त भएको जनाएको छ । यसअघि बोर्डका अध्यक्ष राजकुमार राई थिए । राईको पदावधि सकिएपछि सरकारले खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरेको थियो ।
Comment Here!