गच्छदारले सेटिङ मिलाएको भगवतीको आरोप, मतगणना स्थगित


प्रकाशित मिति :2017-12-11 17:56:41

-महिला खबर –

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारकाबीच तीव्र प्रतिस्पर्धा भइरहेको बेला मतगणना स्थगित भएको छ ।

वाम गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि मतगणना रोकिएको हो । ६४ हजार २३१ मत गणनाका क्रममा चौधरी केही मतले अगाडि छन् । चौधरीको मत २९ हजार ३२६ रहेको छ भने गच्छदारको २९ हजार १७१ मत छ । चौधरीले गच्छदारले सेटिङ मिलाएर आफूलाई हराउने खोजेको आरोप लगाएकी छिन् ।  उनले भनिन्,–‘हिजोसम्म गच्छदारका कार्यकर्ताहरु हारियो भन्दै हार स्वीकार गरेर हिँडिसकेका थिए ।

सेटिङ मिलेपछि सोमबार बिहानबाट अचानक उनीहरुको चहलपहल बढ्यो’ । एकाएक अर्धकट्टी सहितको मतपत्र देखिएपछि हामीले मतपत्रको सिरियल नम्बर हेर्न खोज्यौं । तर, निर्वाचन अधिकृत टिका घिमिरले आफूहरुलाई हेर्न नदिएको चौधरीले बताइन् । मतगणना क्षेत्रमा मतगणना अघि नै सीसीटीभी राख्न आग्रह गरेपनि अस्वीकार गरिएको उनले बताइन् । चौधरीले निर्वाचन अधिकृत परिर्वतनको माग गर्दै जिल्ला निर्वाचन कार्यालय सुनसरीमा निवेदन दिएकी छिन् । उनले घटनाबारे पार्टी नेतृत्वलाई जानकारी गराएको बताउँदै मतगणना हुन नदिने बताइन् ।  मतगणना स्थल बाहिर वाम गठबन्धनका कार्यकर्ताले निर्वाचन अधिकृतलाई कारबाही गर्न र छानविन आयोग गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: