काठमाडौं घोषणापत्र जारी गर्दै सकियो मानव अधिकार महाभेला


महिला र युवाले अवसर नपाएसम्म विकास असम्भवः उपराष्ट्रपति पुन

प्रकाशित मिति :2017-12-11 18:41:21

-महिला खबर –

काठमाडौं –काठमाडौंमा जारी नवौं मानव अधिकार राष्ट्रिय महाभेला ५० बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सोमबार सकिएको छ ।

६९ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित महाभेलाले प्रत्येक व्यक्तिको मानवअधिकारको संरक्षण तथा सुनिश्चितताकालागि विश्व व्यापी रुपमा स्थापित मानवअधिकारका सिद्धान्तहरु, सहअस्तित्व, मानवीयता र आत्मसम्मान, समानता, पारस्परिकता, न्यायोचितता, अहिंसा तथा स्वशासनप्रति प्रतिबद्धता जनाएको छ ।

हाम्रो स्वतन्त्रता, हाम्रो अधिकार ः संधैका लागि भन्ने अन्तर्राष्ट्रिय नारा तथा समृद्धि र विकासको आधार: युवा र महिलालाई अवसर भन्ने राष्ट्रिय नाराका साथ भएको महाभेलाले महिलाको राजनीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा समान सहभागिता, लैङ्गिक विभेदको अन्त्य, मानव बेचबिखन तथा लैङ्गिक हिंसाका पिडीतहरुको सुरक्षा, मानवअधिकार रक्षक तथा महिला मानवअधिकार रक्षकहरुको सुरक्षाको प्रत्याभूतिको सवालमा घोषणापत्र मार्फत राज्यको ध्यानाकर्षण गराएको छ ।

महाभेलाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अभ्यास तथा प्रयासहरुमा महिला, आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम लगायतका अन्य सीमान्तकृत तथा अल्पसङ्ख्यकहरुको राज्यका साधन, स्रोत, नीति, र कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन तथा समीक्षाको प्रक्रियाहरुमा समानुपातिक समावेशीकरण, प्रतिनिधित्व, र पहिचान सहितको स्वामित्वको अनुभूति हुने गरी नेपाली समाजमा विद्यमान विविधतालाई सम्मान गर्न माग गरेको छ ।
भेलाले कुनै पनि व्यक्तिलाई जात, जाति, धर्म, वर्ग, नश्ल, रङ्ग, वंश, समुदाय र पेशाका आधारमा गरिने छुवाछूत तथा जातीय विभेद अन्त्य गर्ने संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक व्यवस्था गरियोस् भनी माग गरेको छ ।

महाभेलाको समापन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा मानव अधिकारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउंँदै अझै गरिवी र भोकमरी हट्न नसक्नु दुःखद भएको बताए ।

उनले महिलामाथि हुने हिंसा घट्नुको सट्टा बढेको, विद्यालय पहुंँच बाहिर अझै थुप्रै बालबालिका रहेको तथा अवसर नपाएर युवाहरु विदेशिन बाध्य हुनु नेपालको सन्दर्भमा मानव अधिकारको क्षेत्रमा गम्भिर चुनौती भएको बताए । उपराष्ट्रपति पुनले महिला र युवाले अवसर नपाएसम्म नेपालको विकास असम्भव रहेको पनि बताए ।

नवौं मानव अधिकार राष्ट्रिय महाभेलाको समापनमा राष्ट्रिय संयोजक लिली थापा, सहसंयोजक नरेन खतिवडा, अर्थविद डा. मीना आचार्य, राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, मानव अधिकारकर्मी प्राध्यापक डा कपिल श्रेष्ठ, राष्ट्रिय दलित आयोगका अध्यक्ष रामलखन हरिजन लगायतले मन्तव्य राख्दै राज्यका हरेक तह, निकाय तथा संरचनाहरूमा युवा र महिलाकोे अर्थपूर्ण र समानुपातिक समावेशी सहभागिता र उनीहरूको नेतृत्वको सुनिश्चित गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: