प्रदेश सातमा दुई महिला निर्वाचित, उम्मेदवारी क–कसको थियो ? (हेर्नुहोस् नामसहित)


प्रकाशित मिति :2017-12-12 13:21:47

-शेरबहादुर ऐर-

कैलाली । प्रदेश नम्बर ७ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका दुई महिला विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा विना मगर र प्रदेशसभा सदस्यमा देवकी मल्ल विजयी भएका हुन् ।

प्रदेश नम्बर ७ मा प्रतिनिधि सभा सदस्यका १६ र प्रदेश सभा सदस्यका ३२ स्थान रहेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट वाम गठबन्धनकी उम्मेदवार विना मगर ३८ हजार चार सय ६७ मत ल्याई विजयी भएकी हुन् ।

नेपाली का“ग्रेसका उम्मेदवार दिवानसिंह विष्ट भन्दा विनाले १९ हजार २ सय ४८ बढी मत प्राप्त गरी विजयी भएकी हुन् । विष्टले १९ हजार दुई सय १९ मत प्राप्त गरेका थिए ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा दुई महिलाले स्वतन्त्र उम्मेदवार रहेका थिए । स्वतन्त्र उम्मेदवार रुपादेवी विष्टले ९८ र निरादेवी शाहीले ३१ मत मात्र प्राप्त गरे ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली का“ग्रेसका तर्फबाट उम्मेदवार रहेकी नेता डाक्टर आरजु राणा देउवा चार हजार आठ सय ८० मतान्तरले पराजित भइन् । सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना २७ हजार दुई सय दुई मतसहित विजयी भएका थिए ।

त्यस्तै, कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार रहेकी पूर्व सांसद गीता राणा क्षेत्रीले पनि पराजय भोगिन् । उनले दुई हजार आठ सय २१ मत प्राप्त गरेकी छन् ।

सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार लेखराज भट्ट ३१ हजार तीन सय ५१ मतसहित विजयी भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी मिना चौधरी फराकिलो मतान्तरले पराजित भइन् । पूर्व सभासद समेत रहेकी मीनाले तीन हजार एक सय ७० मत प्राप्त गरेकी थिइन् ।

सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार गौरीशंकर थारु विजयी भएका थिए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी राज्यलक्ष्मी चौधरीले जम्मा एक सय ५६ मत प्राप्त गरेकी थिइन् । सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार नरबहादुर धामी विजयी भएका छन् ।

त्यस्तै बझाङ् निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कल्पना भण्डारी पनि पराजित भएकी छिन् ।

प्रदेश नम्बर ७ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने महिलाको संख्या ५ प्रतिशत रहे पनि विजयी दुई जना मात्र भए ।

त्यस्तै, प्रदेश सभा सदस्यमा पनि ७ नम्बर प्रदेशबाट एक जना महिला उम्मेदवार विजयी भएकी छन् । बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ बाट वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी देवकी मल्ल (थापा) विजयी भएकी हुन् ।

सात नम्बर प्रदेशका नौ वटै जिल्लाका अन्य क्षेत्रबाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका महिलाहरूले पराजय व्यहोर्नु परेको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘क’ मा नेपाली का“ग्रेसकी उम्मेदवार जीवन राना पनि पराजित भइन् ।

बझाङ प्रदेश ‘क’ बाट नेपाली काँग्रेसका उम्मेदवार चन्द्रादेवी जोशी वाम गठबन्धनका उम्मेदवार अर्जुनबहादुर थापासँग पराजित भएकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: