मानसिकताको छाउ गोठ हट्नुपर्नेमा जोड


प्रकाशित मिति :2017-12-12 17:03:00

–महिला खबर–

काठमाडौं । छाउगोठ भत्काएर मात्रै छाउपडी प्रथा अन्य नहुँने भन्दै मानसिकतामै रहेको छाउ गोठ हट्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् ।

यूरोपियन युनियनले आयोजना गरेको छाउपडी सम्बन्धि अन्र्तक्रियामा सहभागिहरूले मानसिक रुपमै परिवर्तन नभई सुधारिएको छाउ गोठको केही अर्थ नहुने बताए ।

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव फणिन्द्र गौतमले आउँदो २०७५ भदौबाट अपराध संहिता लागू हुने भन्दै छाउपडी लगायतका कुरीति अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको संविधानले नै कुरीतिका विरुद्धका हकअधिकार जारी गरेको भन्दै सरकार कुरीति अन्त्यका लागि तत्पर रहेको बताए ।

उनले भने, ‘छाउपडी लगायका प्रथा कानुनले नै कसुको रुपमा घोषणा गरिसकेको छ । सबैले सहकार्यमा यसको अन्त्य गर्न जरुरी छ । ’

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानसिक रुपमा जबसम्म परिवर्तन हुँदैन तबसम्म समाजमा कुप्रथा नहट्ने बताए ।

उनले भने, ‘घरबाट नै परिवर्तनको खाँचो छ । छाउगोठ भत्काएरै मात्रै यसको समाधान हुँदैन् ।’

शर्माले धर्म ग्रन्थको आधारमा न्याय नहुँने भन्दै सर्वोच्च अदालतले समेत मनुस्मृति लिएर फैँसला सुनाएको बताए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रमेशकान्त अधिकारीले छाउपडी जस्ता कुप्रथाले महिलाहरूको मानसिक स्वास्थ्यमा असर गर्ने बताए ।

उनले कानुनले मात्रै कुप्रथा अन्य गर्न नसकिने भन्दै तल्लो तहदेखि नै यससम्बन्धि शिक्षा, जनचेतनाको आवश्यक पर्ने बताए ।

युनिसेफ नेपालका शिक्षाविद् डा. नेपाली शाहले छाउपडी लगायतका कुरीती विरुद्ध विद्यालय तह देखि नै पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए ।

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले घरघरमा नै छाउपडी रहेको बताइन् । उनले भनिन् ‘छाउघरमा महिलाहरू बस्दा अकालमै मृत्यु हुने घटना अझै छ । कैयौँ छात्राहरू स्कूल जानबाट नै वञ्चित भएका छन् । त्यसैले घरबाट नै हामिले छाउपडी प्रथाको अन्त्य गर्नुपर्छ ।’

सहभागिहरूले छाउपडी लगायतका कुरीति अन्त्य गर्न ऐन नियमलाई कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: