डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता


प्रकाशित मिति :2017-12-13 14:14:26

– महिला खबर –

कालिकोट । खाँडाचक्र नगरपालिका–१ की चन्द्रा शाहीको डाक्टरहरूको लापरवाहीका कारणले मृत्यु भएको भन्दै कालिकोटवासी आन्दोलित भएका छन् ।

जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएर अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएकी शाहीको अप्रेसनका क्रममा डाक्टरले लापरवाही गरेको भन्दै कालिकोटवासी आन्दोलित भएका हुन् । उनीहरूले डाक्टरलाई कारवाही र जिल्ला अस्पतालको सेवा सुबिधा बढाउन माग गर्दै आन्दोलन गरेको बताएका छन् ।

सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्यधिक रक्तश्राव भएका कारणले हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो ।
उपचारका लागि शिक्षण अस्पताल काठमाडौंमा पुर्याइएको शाहीको उपचार सुरु नहुँदै मृत्यु भएको स्थानीय दुर्गा शाहीले बताइन् ।

जिल्ला अस्पताल कालिकोटको लापरवाहीका कारणले सुत्केरीकाृ मृत्यु भएको आफन्त गणेश शाहीले बताएका छन । उनले भनिन्, ‘ज्यान लिने डाक्टरलाई कारवाही गरिनुपर्छ ।

हेलिकोप्टरबाट उद्दार गरिएकी सुत्केरीको मृत्यु

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

४१ औं सामाजिक सेवा दिवसको सन्दर्भमा छोरी संस्था र महिला खवरको साझेदारीतामा सामाजिक सेवा र

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: