एक तिहाइ महिला पुर्र्याउन मुस्किल


प्रकाशित मिति :2017-12-14 10:25:58

-महिला खबर-

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ मतगणनाको अन्तिम परिणाम आइसकेको छ । मत गणनाको अन्तिम परिणाम अनुसार अत्यन्त न्यून संख्यामा महिला विजयी भएका छन् ।

संसदमा एक तिहाइ महिलाको उपस्थिति गराउनुपर्ने संवैधानिक व्यवस्था भएपनि न्यून संख्यामा महिला निर्वाचित हुँदा संसदमा एक तिहाइ महिलाको उपस्थिति पूरा गर्न कठिन देखिएको छ ।

संसदमा महिलाको उपस्थिति कम भएपछि अब समानुपातिकतर्फ र माथिल्लो सदन राष्ट्रिय सभा दुवैमा धेरै महिला सदस्यहरूको प्रतिनिधित्व पुर्याउनुपर्ने दबाब दलहरूलाई पर्ने भएको छ ।

नयाँ संविधानमा संघीय संसदमा महिलाको संख्या कम्तीमा एक तिहाइ हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि प्रत्यक्षतर्फ कम महिला उम्मेदवारहरूलाई उठाएको भन्दै अधिकारकर्मीहरूले प्रमुख दलहरूको आलोचना गरेका थिए ।

महिलातर्फ प्रतिनिधिसभामा ६ र प्रदेशसभामा १३ जना महिला मात्र निर्वाचित भएका छन् ।

प्रतिनिधि सभातर्फ २ सय ७५ तथा राष्ट्रिय सभाको ५९ सदस्य गरी संघीय संसदमा ३ सय ३४ जना सांसदहरू छानिनेछन् जसको एक तिहाइ भन्नाले १ सय १२ महिला सांसद हुनुपर्नेछ ।

उक्त संख्या पुर्र्याउन अब समानुपातिकतर्फ र राष्ट्रिय सभाबाट गरी थुप्रै महिला सदस्यको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संविधानविद्हरू बताउँछन् ।

त्यस्तो धारणा राख्ने मध्येका एक संविधानविद् भिमार्जुन आचार्य त्यो काम सहज भने नहुने बताउँछन् । उनले भने, ‘एक तिहाइ पुर्याउन समानुपातिकमा छुट्याएको सबै सिट नै महिलालाई दिनुपर्ने देखिन्छ तर अहिलेको व्यवस्था अनुसार त्यो सम्पूर्ण सिट नै महिलालाई दिन सम्भव हुँदैन । अन्य वर्ग समुदायको लागि पनि त्यो छुट्याइएको छ ।’

राष्ट्रिय सभामा सातवटै प्रदेशबाट कम्तीमा ३ महिला सहित ८ जना छानिने संवैधानिक व्यवस्था छ । बाँकी सदस्यमा पनि महिलालाई प्राथमिकता दिए समस्या समाधान हुनसक्ने संविधानविद् आचार्यको भनाइ छ । समानुपातिक प्रणालीतर्फ दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु र मुश्लिमको प्रतिनिधित्व पनि अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था छ ।

समानुपातिकको बन्द सूचीमा सोही बमोजिमको नाम दलहरूले दर्ता गराइसकेका छन् । ती समूहको प्रतिनिधित्वलाई समेत ध्यान दिनुपर्ने व्यवस्था भएकोले एकतिहाई महिला पुर्याउन सहज र सम्भव नहुने देखिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: