सुत्केरी मृत्युको बिषयमा छानविन गर्न मन्त्रालयले समिति बनायो


अपडेट

प्रकाशित मिति :2017-12-14 13:17:01

-महिला खबर-

कालिकोट । जिल्ला अस्पताल कालिकोटमा सुत्केरी महिलाको मृत्यु भएको बिषयमा स्वास्थ्य मन्त्रालयले तीन सदस्यीय छानवीन समिति गठन गरेको छ । मध्यपश्चिमाञ्चल सुर्खेतका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर डम्बर खड्काको संयोजकत्वमा मन्त्रालयको २०७४ मंसिर २७ गते बसेको निमित्त सचिव स्तरीय बैठकले तिन सदस्यीय छानविन समिति गठन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै स्थानीय ।

सदस्यमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कल्पना थापा र मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतमा कार्यरत आमा सुरक्षा कार्यक्रम हेर्ने फोकल फर्सन सदस्य रहने गरि छानविन समिति गठन गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसैबिच, आक्रोसित स्थानीयको भिडले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइरहँदा बुधबार बसेको सर्वपक्षीय बैठकले घटनाको छानवीन गर्न समन्वय गर्नका लागि एक समिति गठन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको अध्यक्षतामा बसेको बैठकले जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाही, खाँडाचक्र नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डे, उप प्रमूख विजया बिष्ट, अस्पताल बिकास समितिका अध्यक्ष कृष्णबहादुर सिंहसहितको सात सदस्यीय समिति गठन गरेको हो ।

बैठकले घटनाको छानवीन गर्न समिति गठन गर्न मन्त्रालयलाई लेखि पठाउने र मन्त्रालयले गठन गर्ने छानवीन समितिका लागि समन्वय गर्ने र दोषिलाई कार्वाही गर्न दवाव दिन स्थानीय समिति बनाइएको बताइएको छ ।

बैठकले पीडितका सबै माग सम्बोधनका लागि पहल गर्ने र चन्द्रा शाहीको शल्यक्रियामा संलग्न चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीको निगरानीमा राखी छानविन प्रक्रिया तत्काल थाल्न पहल गर्ने निर्णय समेत गरेको छ ।

डाक्टरको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै यसरी उर्लिए जनता

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: