-महिला खबर-
सिन्धुपाल्चोक । सदरमुकाम चौताराको टुँडिखेलमा जम्मा भएका हजारौ मानिसहरुको एउटै उद्देश्य थियो, प्रतिनिधी तथा प्रदेसशभा निर्वाचनको पछिल्लो मत परिणाम सुन्ने । तर त्यस मध्ये चौतारा–५ की न्याउरीमाया घलेले भने मत परिणाम सुन्ने सँगै आफ्नै बारीमा फलेका फलफुल विक्रि गर्ने दुवै उद्देश्य पूरा गरिन् । उनले आफ्नो बारीको सुन्तला, साग र अरु तरकारी बेचिन् ।
घले जस्तै बाह्रबिसेकी उद्यमी नरीमाया तामाङ पनि मत परिणाम सुन्ने सँगै आफूले बनाएको स्विटर, ज्याकेट बिक्री गर्नमै व्यस्त भईन् । ‘तीन महिनाको व्यापार भयो,’ तामाङले खुसी हुँदै भनिन्, ‘स्थानीय स्तरमा उत्पादन गर्न र बिक्री गर्न दुवै गाह्रो छ । तर यो अवसर जु¥यो र हाम्रो सानो व्यवसाय राम्रो भयो ।’
पहिलो चरणमा भएको मतगणना मंसिर २१ गतेदेखि सुरु भएको थियो । टुँडिखेल नजिकै भएको मतगणनाको ताजा नतिजा सुन्ने हजारौ नेता, कार्यकर्ता, समर्थकर आम मतदातालाई फलफुल, लप्सी क्याण्डी, तरकारी, ढाकाको कपडा, इन्टरलग ईटा र छालाको सामाग्री विक्री गर्ने उदेश्यले जिल्ला लघु उद्यमी संघले स्टल निर्माण गरी लघु उद्यमीलाई प्रोत्साहन गरिएको संघका कार्यक्रम संयोजक विक्रम सुन्दासले जानकारी दिए ।
संघले प्रोत्साहन गरेका साना उद्यमीहरुले मत गणना स्थलमा ५ लाख बढीको व्यापार गरेको सुन्दासले जानकारी दिए ।
Comment Here!