प्रतिनिधिसभा सदस्यमा तीन प्रतिशत मात्रै महिला विजयी
ठूला दलबाट उम्मेदवारी मै कन्जुस्याइँ गर्दाको परिणाम
–महिला खबर–
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा १ सय ६५ सिटका लागि दुई चरणमा सम्पन्न प्रत्यक्ष तर्फको निर्वाचनमा तीन प्रतिशत मात्र महिला निर्वाचित भएका छन् ।
राजनीतिक दलहरूले प्रत्यक्षमा महिलालाई उम्मेदवारी बनाउन कन्जुस्याइँ गरेका कारण निर्वाचित महिलाको संख्या ६ अर्थात ३.६३ प्रतिशतमै सिमित भएको हो ।
पहिलो चरणको निर्वाचनमा दलहरूले प्रतिनिधि सभातर्फ १६ र वाम गठबन्धनबाट १ महिलालाई मात्रै उम्मेदवार बनाएका थिए भने दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ सय २६ महिलाले उम्मेदवारी दिएका थिए ।
प्रतिनिधिसभा सदस्यमा प्रदेश नम्बर एक, तीन, चार र सातबाट एकएक जना महिला निर्वाचित भएका छन् भने प्रदेश नम्बर पाँचबाट दुई जना महिला निर्वाचित भएका छन् । प्रदेश नम्बर दुई र छ ले भने कुनै महिला उम्मेदवारलाई विजयी गराउँन सकेन । यसर्थमा प्रतिनिधि सभामा प्रदेश नम्बर दुई र छबाट महिला प्रतिनिधित्व शुन्य रह्यो ।
प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका तीन महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा रुकुम पूर्व क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार कमला रोका, ललितपुर क्षेत्र नम्बर ३ बाट पम्फा भुसाल र कञ्चनपुर क्षेत्र नं १ बाट बिना मगर रहेका छन् ।
यस्तै नेकपा एमालेबाट दुई महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा स्याङ्जा क्षेत्र नं २ बाट पद्मा अर्याल र झापा क्षेत्र नम्बर २ बाट पवित्रा निरौला खरेल निर्वाचित भएकी छन् ।
यस्तै एकमात्र क्षेत्र रहेको प्यूठानमा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल निर्वाचित भएकी छन् ।
ठूला पार्टीहरूले महिलाहरूलाई उम्मेदवारीमै रोकेका कारण प्रतिनिधिसभामा महिलाको संख्या अत्यन्त न्यून अर्थात ३.६३ प्रतिशतमा सिमिति भएको हो ।
नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट पहिलो र दोस्रो चरणको निर्वाचनमा यी महिलाहरू उम्मेदवार थिए
पहिलो चरण– प्रतिनिधिसभा
रुकुम पूर्व क्षेत्र नं १ः कमला रोका, माओवादी केन्द्र
खोटाङ्ग क्षेत्र नं १ः सरस्वती वजिमय, नेपाली काँग्रेस
बागलुङ क्षेत्र नं १ः चम्पा देवी खड्का, नेपाली काँग्रेस
दोस्रो चरण – प्रतिनिधिसभा
तेह्रथुम क्षेत्र नं १ः सिता गुरुङ, नेपाली काँग्रेस
महोत्तरी क्षेत्र नं २ः किरण यादव, नेपाली काँग्रेस
काठमाडौं क्षेत्र नं ३ः अम्विका बस्नेत, नेपाली काँग्रेस
मकवानपुर क्षेत्र नं २ः महालक्ष्मी उपाध्याय९डिना०, नेपाली काँग्रेस
दाङ क्षेत्र नं १ः सुशिला चौधरी, नेपाली काँग्रेस
कैलाली क्षेत्र नं १ः ईश्वरी न्यौपाने, नेपाली काँग्रेस
कैलाली क्षेत्र नं ५ः आरजु राणा देउवा, नेपाली काँग्रेस
ललितपुर क्षेत्र नं ३ः पम्फा भुसाल, माओवादी केन्द्र
पर्सा क्षेत्र नं ४ः उर्मिला अर्याल, माओवादी केन्द्र
कन्चनपुर क्षेत्र नं १ः बीना मगर, माओवादी केन्द्र
झापा क्षेत्र नं २ः पवित्रा निरौला खरेल, एमाले
सुनसरी क्षेत्र नं ३ः भगवती चौधरी, एमाले
उदयपुर क्षेत्र नं १ः मन्जु कुमारी चौधरी, एमाले
स्याङ्जा क्षेत्र नं २ः पद्मा कुमारी अर्याल, एमाले
कैलाली क्षेत्र नं १ःमदन कुमारी शाह एमाले
Comment Here!