श्रीमती कुट्ने श्रीमान जेल चलान


प्रकाशित मिति :2017-12-15 16:57:48

–डीबी विष्ट–

बझाङ । जिल्लाको मष्टा गाउँपालिका ५ द्धारीका भरत ओखेडाले विगत ५ वर्षदेखी श्रीमती कुटपिट र मानसिक तनाव दिदैँ आएका थिए । सधैँ झै झगडा गरी रहने भरतलाई श्रीमती सुमित्राले प्रहरीमा उजुरी गर्लिन भनेर सोचेकै थिएनन् । तर यस पटक भने सुमित्राले शाहस गरेर प्रहरीमा उजुरी गरेपछि श्रीमानलाई प्रहरीले कारागार चलान गरेको छ ।

मंसिर ६ गते राति मदिरा सेवन गरेर भरतले श्रीमतीलाई घरायसि विवादकै कारण कुटपिट गरी बाँया हात भाँचिदिएका थिए । सुमित्रा बिहानै चैनपुरको महिला अधिकार मञ्चमा न्याय खोज्दै पुगेकी थिइन् ।
अधिकार मञ्चका कर्मचारीहरुले उजुरी लेख्न लगाएर प्रहरीलाई दिएपछि भोली पल्ट प्रहरीको टोली रिलुको द्धारीमा पुगेर भरतलाई प्रक्राउ गरेको थियो ।

‘मैले धेरै सहेकी थिए । भाँचिएको हातको उपचार गर्न चैनपुर भेटिएकी सुमित्राले भनिन्, मुद्दा लगाएर श्रीमान जेल गएपछि मन सन्चो भएको छ । आफूले बाध्य भएर श्रीमान बिरुद्ध उजुरी दिनु परेको बताइन् ।

सार्वजनिक मुद्दा लागेका भरतलाई जिल्ला प्रशासन कार्यालयले १३ सय धरौटी मागेर रिहा गर्ने र्निणय गरेपनि १३ सय रुपैँया तिर्ने नसक्दा उनी शुक्रबार नै कारागार चलान भएका छन् ।
१३ तिर्न नसकेका भरतको एक दिन कारागार बसे बाफत २५ रुपैयाँ कट्टी हुनेछ । यसरी उनले बिचमा पैसा तिर्न नसकेको खण्डमा १३ सय चुक्ता नहुन्जेलसम्म ५२ दिन कारागार बस्नु पर्नेछ । १५ वर्ष अगाडी विवाह भएकी सुमित्रा ओखेडाका १ छोरा १ छोरी छन् ।

धरौटी तिर्न नसकेपछि भरतलाई कारागार पठाएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताए । उनले भने–‘धरौटी तिर्न आफन्तलाई जानकारी गरेर भनेकै हो, तर पैसा नपाएपछि कारागार पठाएको र धरौटी दिएमा जती खेर पनि रिहा हुन सक्ने छ ।’

बझाड जिल्लामा मदिरा सेवन गरी आफ्नै श्रीमानहरुबाट अधिकांश महिलाहरु कुटपिट हुने गरेको भएपनि मिलोमतो गर्ने प्रचलन रहेको बताउँदै महिला अधिकार मञ्चकी सिता सिंहले भनिन्–‘सुमित्राले मिलोमतो नगरेर कानुन अनुसार कार्बाही गर्न माग गरेपछि भरतले सजाए पाएका हुन् । यस घटनाले अन्य महिला हिंसा गर्ने व्यक्ति, परिवार, आफन्तहरुलाई पनि सजग पारेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: