–महिला खबर–
काठमाडौं । काठमाडौंमा नागरिकता सम्बन्धी राष्ट्रिय गोष्ठी हुने भएको छ । महिला, कानुन तथा विकास मञ्चले आउँदो पुस ६ गते गोष्ठिको आयोजना गर्न लागेको हो । मञ्चले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत नागरिकता सम्बन्धी विद्यमान अप्ठ्याराहरूलाई सम्बोधन गर्ने उदेश्यले गोष्ठिको आयोजना गर्न लागिएको जनाएको छ ।
मञ्चमा आवद्ध अधिवक्ता सुजना महर्जनले नागरिकताका विषयमा नव निर्वाचित सांसदहरूसँग समेत व्यापक छलफल हुने भन्दै देशभरका नागरिकता नपाएर पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया गरिने बताइन् । उनले गोष्ठिमा विभिन्न क्षेत्रका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने, नागरिकताको सम्बन्धि नाटक समेत प्रदर्शन गर्ने गरिने बताइन् ।
देशभरका १ सय भन्दा बढी प्रतिनिधीको सहभागीता रहने गोष्ठीबाट निस्किएको निष्कर्षबाट घोषणापत्र सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।
मञ्चका अध्यक्ष अधिवक्ता मिरा ढुंगानाले नागरिकता सम्वन्धी समस्या तराईदेखि हिमाली उच्च भेगसम्म समेत उस्तै रहेको बताइन् ।
देशका नागरिकलाई राज्यले प्रदान गर्ने सबै खाले सुविधादेखि उनीहरूको मानवअधिकारको रक्षाको लागि पनि नागरिकतासम्वन्धी समस्या समाधानका सामुहिक पहल आवश्यक भएर गोष्ठिको कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।
Comment Here!